एचके एक्सप्रेस क्यादी प्यासिफिकले किन्‍ने « Khabarhub

एचके एक्सप्रेस क्यादी प्यासिफिकले किन्‍ने


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ- हङकङको ध्वजाबाहक विमान कम्पनी क्यादी प्यासिफिकले बजेट एयरलाइनर एचके एक्सप्रेसलाई ६० करोड अमेरिकी डलरमा खरिद गर्ने भएको छ ।

क्षेत्रमै न्यून लागतका उडान सेवाबाट उत्पन्न प्रतिस्पर्धासँग जुध्न यस्तो कदम चाल्नु परेको क्यादी प्यासिफिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ एयरलाइन्स खरिद गरेसँगै हवाई उड्डयन उद्योगमा हङकङमा प्रमुख चार विमानसेवा प्रदायकमध्ये तीन वटामा क्यादीको बर्चश्व कायम हुनेछ । हङकङ विमानस्थल एसियाकै सर्वाधिक व्यस्त विमानस्थलमध्ये एक हो ।

विगत दुई वर्षदेखि नोक्सान व्यहोर्दै आएको क्यादीलाई नयाँ स्वरुपमा लैजान एचके एक्सप्रेसको खरिदले ठूलो मद्दत गर्ने कम्पनीले जनाएको छ ।

एचके एक्सप्रेससँगको सम्पूर्ण कागजी प्रक्रिया आगामी डिसेम्बरभित्र पूरा हुनेछ । क्यादीले एचके एक्सप्रेसकै नाममा न्यून लागतको हवाई सेवा उपलब्ध गराउने जनाएको छ ।

उक्त घोषणालगत्तै क्यादीको शेयर झण्डै तीन प्रतिशत वृद्धि भएको थियो । क्यादीको सेवामाथि सिंगापुर एयरलाइन्सले सबैभन्दा ठूलो चुनौती दिएको छ ।

एचके एक्सप्रेसले जापान, दक्षिण कोरिया, चीन, थाइल्यान्ड र भियतनाम समेतका धेरैवटा हवाई मार्गमा सस्तो दरमा उडान गरिरहेको छ ।

सस्तो विमान सेवाका कारण सबैभन्दा ठूलो चुनौती व्यहोरेको क्यादीले आर्थिक स्थिति सुधारका नाममा सन् २०१६ मा ६ सय कामदार हटाउनुका साथै कैयौं स्थानका कार्यालयहरु बन्द गरेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १ : २३ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले