एचके एक्सप्रेस क्यादी प्यासिफिकले किन्‍ने « Khabarhub

एचके एक्सप्रेस क्यादी प्यासिफिकले किन्‍ने


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ- हङकङको ध्वजाबाहक विमान कम्पनी क्यादी प्यासिफिकले बजेट एयरलाइनर एचके एक्सप्रेसलाई ६० करोड अमेरिकी डलरमा खरिद गर्ने भएको छ ।

क्षेत्रमै न्यून लागतका उडान सेवाबाट उत्पन्न प्रतिस्पर्धासँग जुध्न यस्तो कदम चाल्नु परेको क्यादी प्यासिफिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ एयरलाइन्स खरिद गरेसँगै हवाई उड्डयन उद्योगमा हङकङमा प्रमुख चार विमानसेवा प्रदायकमध्ये तीन वटामा क्यादीको बर्चश्व कायम हुनेछ । हङकङ विमानस्थल एसियाकै सर्वाधिक व्यस्त विमानस्थलमध्ये एक हो ।

विगत दुई वर्षदेखि नोक्सान व्यहोर्दै आएको क्यादीलाई नयाँ स्वरुपमा लैजान एचके एक्सप्रेसको खरिदले ठूलो मद्दत गर्ने कम्पनीले जनाएको छ ।

एचके एक्सप्रेससँगको सम्पूर्ण कागजी प्रक्रिया आगामी डिसेम्बरभित्र पूरा हुनेछ । क्यादीले एचके एक्सप्रेसकै नाममा न्यून लागतको हवाई सेवा उपलब्ध गराउने जनाएको छ ।

उक्त घोषणालगत्तै क्यादीको शेयर झण्डै तीन प्रतिशत वृद्धि भएको थियो । क्यादीको सेवामाथि सिंगापुर एयरलाइन्सले सबैभन्दा ठूलो चुनौती दिएको छ ।

एचके एक्सप्रेसले जापान, दक्षिण कोरिया, चीन, थाइल्यान्ड र भियतनाम समेतका धेरैवटा हवाई मार्गमा सस्तो दरमा उडान गरिरहेको छ ।

सस्तो विमान सेवाका कारण सबैभन्दा ठूलो चुनौती व्यहोरेको क्यादीले आर्थिक स्थिति सुधारका नाममा सन् २०१६ मा ६ सय कामदार हटाउनुका साथै कैयौं स्थानका कार्यालयहरु बन्द गरेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १ : २३ बजे

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च