गर्मी मौसममा लगाउनुहोस् यस्तो कपडा « Khabarhub

गर्मी मौसममा लगाउनुहोस् यस्तो कपडा


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जाडो मौसम सकिएर गर्मी मौसम शुरु हुन लागेको छ । मौसम परिवर्तन भएसँगै पहिरनमा पनि परिवर्तन स्वभाविक र आवश्यक हुन्छ । गर्मी मौसम शुरु भएसँगै बाक्ला कपडाको सट्टा पातला र सितलता प्रदान गर्ने खालको कपडाको प्रयोग हुन्छ ।

युवा चाहन्छन् कि गर्मीमा यस्तो पहिरन होस् जसले सितलताका साथसाथै अरुलाई पनि आकर्षण गरोस् । सबै चाहन्छन् कि पहिरन वा कपडा एकदम यूनिक होस् । जो आकर्षक पनि देखियोस् र स्टाइलिस पनि होस् ।

गर्मी मौसममा कपडाको प्रयोग गर्दा विभिन्न कुरामा ध्यान दिन जरुरी छ । पहिलो त पातलो खालको कपडा र त्यसको रंगमा ध्यान दिन जरुरी छ । गर्मी मा हल्का रंगको प्रयोग गर्नु उपयुक्त हुन्छ जसले आँखालाई पनि सितलता प्रदान गरोस् । कटन मिसिएको सिल्क, शिफोन, लिनन, जाँरजट र हेन्डलुम तथा खादीबाट बनेको लुगा लगाउनुहोस् जसले पसिनालाई सोसोस् ।

गर्मीबाट बच्नका लागि अधिकांश युवतीहरुले स्लीवलेस ड्रेस लगाउन मनपराउँछन् तर यसले गर्मीमा हात र छाला डढ्न सक्छ । दिउँसो यस्तो लुगा लगाउनुहोस् जो कटन तथा फुल स्लव्ज होस् । रात र विहानको समयमा स्लीवलेस लगाउँदा राम्रो हुन्छ ।

नलगाउनुस् यस्तो कुरा

कटन, शिफोनको कपडा फर्मल लुक्सका लागि लगाउँदा राम्रो देखिन्छ । यस मौसममा लिनन तथा जारजटको लामो स्कर्ट लगाउनुहोस् । कटन हेडलुम तथा खाडी चिसो बनाउने खालको र पसिना सोस्ने वाला फेब्रिक हो जसलाई लगाउँदा तपाई निकै गर्मीमा पनि सहज महसूस गर्नुहुन्छ । अधवैशे महिलाले कुर्ता सुरुवाल लगाउँदा राम्रो हुन्छ । खादीको कुर्ता स्टाइलसहित लगाउनुहोस् ।

सिल्क, साटन, सेन्थेटिक, कोलेस्टर मिक्स, नायलन, वेलवेट कपडाबाट इन्फेक्सन हुन सक्छ । धेरै फेब्रिक भएको कपडा नलगाउनुहोस् जसलाई सम्हाल्न समस्या पर्न सक्छ ।

जे सहज हुन्छ त्यो लगाउनुहोस्

गर्मीमा फेशन कूल हुन आवश्यक छ । धेरै चम्किलो कलर नलागाउँनुहास् । लिनन तथा कटनको कपडाको प्रयोग गर्नुहोस् । कटनको प्रिन्ट, कुशन, साधारण क्रोशियावाला डिजाइनको फेब्रिक यो मौसमका लागि राम्रो हुन्छ । युवाहरुले आफ्नो सहजताका हिसवामा कटन पेन्ट र कमिज लगाउँदा राम्रो देखिन्छ ।

गर्मी मौसममा धेरै फिटिङको सट्टा हल्का र खुकुलो खालको कपडा लगाउनुहोस् । टाइट कपडा लगाउँदा फिगर राम्रो देखिएपनि पसिना आउने भएका कारण कपडा विग्रन सक्छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  २ : १७ बजे

पर्सामा एक महिनामा १११ अपराधका घटना, १२० प्रतिवादी पक्राउ

वीरगन्ज– पर्सामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य