विप्लवका कार्यकर्ता खोज्न हिँडेको प्रहरीद्वारा लागूऔषध कारोबारी पक्राउ « Khabarhub

विप्लवका कार्यकर्ता खोज्न हिँडेको प्रहरीद्वारा लागूऔषध कारोबारी पक्राउ


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आपराधिक घटनामा संलग्न व्यक्तिलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ मातहत वृत्तका इलाकामा प्रहरी परिचालन गरी विप्लव समूहका अवान्छित गतिविधिलाई नियन्त्रणका लागि चलाइएको विशेष खोजी अभियानका क्रममा ४ व्यक्तिलाई पक्राउ गरिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

मङ्गलबार साँझ बालाजुबाट एक थान खुकुरी, फलामको रड र लागूऔषध १३९ एम्पुल डाईजापाम, फेनारगन, नुरफिनसहित मनमैजुका सन्तोष तामाङ र थर नखुलेका अभयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच नयाँबसपार्कबाट १६ ग्राम खैरो हेरोइन र खैरो हेरोइन जोख्ने यन्त्र (तराजु) सहित बाँके कोहलपुरका रमेश बस्नेत र शेरसिंह रोकायालाई पक्राउ गरी थप अनुसन्धान थालिएको परिसरले जनाएको छ ।

बौद्ध नागेश्वरी गल्ली र गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट ४०० लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गर्ने कच्चा पदार्थ तीन हजार ३०० लिटर बरामद गरी सोही स्थानमा स्थानीय बासिन्दा, वडा प्रतिनिधि र सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ३ : १२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस