काठमाडौंको डाँडापौवामा गणेशमान स्मृति उद्यान बन्ने | Khabarhub Khabarhub

काठमाडौंको डाँडापौवामा गणेशमान स्मृति उद्यान बन्ने


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागार्जुन नगरपालिका–६ मा गणेशमान स्मृति उद्यान निर्माण गरिने भएको छ । काठमाडौँ जिल्लाका प्रत्येक नगरपालिकामा ‘एक वडा एक पार्क’ बनाउन सहयो गर्ने काठमाडौँ महानगरपालिकाको नीतिअनुसार  नागार्जुन नगरपालिका–६ स्थित डाँडापौवामा गणेशमान स्मृति उद्यान निर्माण गरिने मेयर मोहनबहादुर बस्नेतले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले उद्यान बनाउन जिल्लाका १० नगरपालिकालाई १–१ करोड रुपैयाँ उपलब्ध गराएको छ ।

कामपा र नगरपालिकाको सहकार्यमा पूर्वमा निजी जग्गा, पश्चिममा श्यामेश्वर गणेशमान सामुदायिक वन, उत्तरमा निजी आवास क्षेत्र र दक्षिण बाटो चार किल्लाभित्र करीब २२ रोपनी क्षेत्रफलमा रु चार करोड ८३ लाखको लागतमा उद्यान निर्माण गरिने नगर प्रमुख बस्नेतले बताए ।

सो उद्यान निर्माणसम्बन्धी सम्झौता भएर विस्तृत परियोजना प्रतिवेदन तयार भई बोलपत्रमा जाने क्रममा रहेको बताइएको छ । उक्त उद्यानमा लौहपुरुष गणेशमान सिंहको शालिक स्थापना र उनको जीवनीका मूलभूत अवस्था उल्लेख गरी नगरपालिकाका १० वटै वडामा रहेका मुख्य धार्मिक, ऐतिहासिक, पुरातात्विक, प्राकृतिक र सांस्कृतिक पहिचान झल्कने आकृति तयार गरिनेछन् ।

साथै पृथ्वीनारायण शाहले उपत्यका विजय गर्दा प्रवेश मार्गका रूपमा प्रयोग गरेको स्थानका रुपमा झल्कने आवश्यक व्यक्तिको पहिचान तथा घटस्थापनामा गोरखाबाट हनुमानढोकामा फूलपाती ल्याइने मार्गबारे अनुसन्धानमूलक यथोचित सूचना सम्प्रेषण गर्ने एक रमणीयस्थलका रुपमा उद्यानको निर्माण गरिने बताइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ३ : ३१ बजे

औषधिजन्य फोहर निर्मूलीकरणमा समस्या

राँझा– बाँकेको बैजनाथ गाउँपालिकास्थित वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अटोक्लेभ (औषधिजन्य

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री

युएई– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लुम्बिनी– रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको

गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनुपर्छ : मन्त्री शर्मा

दाङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सबैभन्दा नजिकको

टिकट चोरीको घटनामा थप एक जना पक्राउ

काठमाडौँ– जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर