स्थानीयबाट उठाएको लाखौं रुपैयाँ लिएर संस्था नै फरार « Khabarhub

स्थानीयबाट उठाएको लाखौं रुपैयाँ लिएर संस्था नै फरार


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


डोटी– पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा एक संस्था स्थानीयवासीका लाखाै‌ रकम लिएर फरार भएको छ । गत जेठमा दिपायलमा क्षेत्रीय कार्यालय खोलेको कर्णाली एग्रीकल्चर डेभलपमेन्ट नेपालले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बैतडी, बाजुरा, बझाङ र डोटीबाट रु १९ लाख ९४ हजार २०० लिएर फरार भएको स्थानीयवासीको आरोप छ ।

यहाँका पहाडी जिल्लामा विभिन्न बचत समूह बनाई उक्त संस्थाले अछामबाट २ लाख ३० हजार ६००, बैतडीबाट ३ लाख ६ हजार ८००, बझाङबाट ४ लाख ३५ हजार ५००, बाजुराबाट ३ लाख १४ हजार ४०० तथा डोटीबाट ७ लाख ६ हजार ९०० लगेर फरार भएको बताइएको छ ।

उक्त संस्थाले यहाँका जिल्लामा ब्याज तथा ऋण सहयोग दिने भन्दै बचत समूह बनाई प्रत्येक समूहमा आबद्ध सदस्यबाट मासिक रु दुई हजारका दरले उठाउँदै आएको थियो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले रकम सङ्कलन गरेर संस्थाका पदाधिकारी फरार भएको बताए । उनले भने,“संस्थाका कर्मचारी कति बेला फरार भए कसैले पत्ता लगाउन सकेनौँ, संस्थाको बोर्ड झुण्ड्याएको छ, पछि बुझ्दा थाहा भयो, कर्मचारी भागे भन्ने ।”

संस्थाका कर्मचारी रकम लिएर फरार भएका विषयमा जिल्ला प्रहरी कार्यालयमा अहिलेसम्म कुनै पनि उजूरी नपरेको प्रहरी प्रमुख विद्यानन्द माझीले बताए । उनले भने,“रकम लिएर संस्था भाग्यो भन्ने सुन्नमा आएको छ तर उजूरी कसैले दिएको छैन ।”

फरार भएका उक्त संस्थाका कर्मचारीले स्थानीयवासी दीर्घराज राणाको घर भाडासमेत नतिरेको बताइएको छ । उक्त संस्थाको केन्द्रीय कार्यालय नेपालगञ्जमा रहेको र संस्थाका अध्यक्ष भ्रष्टाचारको आरोपमा कारागार परेको बताइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ३ : ४९ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल