तीन महिनादेखि तलब नपाएपछि कर्मचारी आन्दोलित « Khabarhub

तीन महिनादेखि तलब नपाएपछि कर्मचारी आन्दोलित


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– तीन महिना देखि तलब नपाएपछि बागमति सिंचाई आयोजना सर्लाहीमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् ।  सो आयोजनामा कार्यरत २ सय ५५ जना ज्यालादारी कर्मचारी आन्दोलित भएका हुन् ।

आर्थिक वर्ष ०३५÷३६ सालमा सर्लाही र रौतहटको करिब ४६ हजार हेक्टर जमिनमा सिचाई सुविधा पु¥याउने उदेश्यले सो आयोजना स्थापना भएको थियो । स्थापनाकाल देखि नै भर्ना भएका सयौ कर्मचारीहरु हालसम्म अस्थायी रुपमा नै कार्यरत रहदै आएका छन् ।

कर्मचारीको सेबा सुबिधाको लागि आयोजनाले पटक पटक सिफारिस गरी सिचाई मन्त्रालय हुँदै अर्थमन्त्रालयमा फाईल पुर्‍याए पनि कार्यान्वय नभएपछि ज्यालादारी कर्मचारीहरु आन्दोलित बनेका हुन् ।

यस पटक भने चालु अवस्थामा रहेको बाग्मति सिचाई आयोजना लाई बाग्मती मनुस्मारा झाझ सिचाई आयोजनामा ब्यबस्थापन गाभेपछि कार्यरत कर्मचारी तलब पाउन बाट बन्चित भएका हुन् ।

पेशाको सुनिश्चितता र तलबको माग राख्दै उनीहरु चैत्र ३ गते देखि चरणबद्ध आन्दोलनमा उत्रेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ४ : २७ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र