हस्तकलाको संरक्षण गर्नुपर्छः उपराष्ट्रपति (भिडियो सहित) « Khabarhub

हस्तकलाको संरक्षण गर्नुपर्छः उपराष्ट्रपति (भिडियो सहित)


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हस्तकलाको संरक्षण, सम्वद्र्धन र विकासमा विशेष जोड दिन सरकारलाई आग्रह गरेका छन् । उपराष्ट्रपति पुनले नेपालको निर्यात व्यापारमा समेत ठूलो योगदान दिँदै आएको हस्तकलाको संरक्षण र सम्वद्र्धन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

बुधबार ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजित ‘कला तथा संस्कृति महोत्सव’को उद्घाटन गर्दै उनले नेपाली कला र संस्कृति संकटमा पर्दै गएको उल्लेख गर्दै त्यसको संरक्षणमा लाग्न पनि सबैलाई आह्वान गरे । उपराष्ट्रपति पुनले नेपालको चिनारीको रुपमा रहेको कला र संस्कृतिको विकासमा सबैले उत्तिकै चासो दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

५ दिनसम्म चल्ने महोत्सवमा ललितपुरको कला, संस्कृति झल्कने खालका विभिन्न हस्तकलाका सामग्रीहरु राखिएका छन । विश्व कला परिषदले ललितपुरको पाटन दरबार क्षेत्रलाई ‘कला नगरी’को रुपमा घोषणा गरेको स्मरणमा हरेक वर्ष पाटन दरबार क्षेत्रमा कला तथा संस्कृति महोत्सव आयोजना गर्न शुरु गरिएको हो । महोत्सवबाट त्यहाँको कला र संस्कृतिलाई विश्वमा चिनाउन सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

के भने उपराष्ट्रपतिले ? बाँकी भिडियोबाट

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ४ : ४० बजे

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ

सुकुम्वासीको पक्षमा एमाले, बस्ती हटाउने नाममा बल प्रयोग नगर्न सरकारलाई चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले सुकुम्वासी बस्तीहरू जबरजस्ती

व्यवस्थापन प्रक्रियालाई सघाउन वास्तविक सुकुम्बासीलाई प्रहरीको आग्रह

काठमाडौं- सरकारले सुरु गर्न लागेको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल