प्रहरी चौकीमा ढुङ्गामुढा गर्ने पाँच पक्राउ « Khabarhub

प्रहरी चौकीमा ढुङ्गामुढा गर्ने पाँच पक्राउ


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर–  बेदकोट नगरपालिकाको चम्फापुरमा रहेको अस्थायी प्रहरी चौकीमा रातिका बेला ढुङ्गा मुढा गर्ने पाँचलाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चम्फापुरका विकास विष्ट, धीरेन्द्र चन्द, ईश्वर चटौत, धीरेन्द्र रावल र हरि बोहरा रहेका छन् । इलाका प्रहरी कार्यालय झलारीको टोलीले पाँचै जनालाई पक्राउ गरेको हो ।

“गएराति १० बजे प्रहरीचौकी नजिकैको चोकमा जम्मा भएका पाँचै जनाले हो हल्ला गर्न थालेपछि प्रहरीले सम्झाइ घरपठाउन खोजेपछि प्रहरी चौकीमै पुगेर ढुङ्गामुढा गरी प्रहरी माथिनै हातपात गरेपछि पक्राउ गरिएको छ” इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने ।

चौकीको ढोकासमेत तोडफोड भएको उनले बताए ।  पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाइएको छ । पक्राउ परेकामाथि सार्वजनिक शान्तिसुरक्षा विरुद्धको कसुर अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको छ । ढुङ्गामुढा गर्नेको समूहबाट प्रहरीले एक भारतीय नम्बर प्लेटको र एक नेपाली नम्बर प्लेटको मोटरसाइकल समेत बरामद गरेको छ ।

मोटरसाइकल चोरी गर्ने पक्राउ

बेदकोट नगरपालिका– ३ का राकेश चन्दको म २ प ५३०९ नं को मोटरसाइकल घरबाट चोरी गरेर लादै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा राखिएको मोटरसाइकल हिँडाएर लादै गरेको अवस्थामा विकास दास र जीवन खातीलाई रङ्गे हात पक्राउ गरी हिरासतमा राखिएको इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । दुवै जनामाथि चोरी उद्योग अन्तर्गत मुद्दा चलाइने बताइएको छ ।

यसैबीच, शुक्लाफाँटा नगरपालिका– १० झलारीमा रहेको श्रीकृष्ण बहुमुखी क्याम्पसमै गएर छात्रछात्रालाई अश्लिल गालीगलौच गर्ने राजेन्द्र तिरुवालाई समेत प्रहरीले आज पक्राउ गरेको छ । यही चैत ८ गते क्याम्पसमा तिरुवाले अश्लिल रुपमा गालीगलौच गरेका थिए । क्याम्पस प्रशासनले प्रहरीलाई यसबारे जानकारी दिएपछि तिरुवा फरार रहदैआएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ४ : ४६ बजे

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ