सबै स्थानीय तहमा पुनर्स्थापना केन्द्र स्थापना गरिने : मन्त्री ज्ञवाली « Khabarhub

सबै स्थानीय तहमा पुनर्स्थापना केन्द्र स्थापना गरिने : मन्त्री ज्ञवाली


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाका लागि सबै स्थानीय तहमा पुनर्स्थापना केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाहरुका लागि ७ सय ५३ वटै स्थानीय तहमा पुनर्स्थापना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका हुन् । त्यसमा उनीहरुको हेरचाह, विशेष खालको शिक्षालगायतका व्यवस्था गर्ने सरकारको नीति रहेकोे मन्त्री ज्ञवालीको भनाइ छ ।

बुधबार काठमाडौंमा उनले मानसिक रुपमै अशक्त बालबालिकाहरुका लागि सरकारले भत्ताको व्यवस्था गर्ने नीति लिएको पनि बताए । उनले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाहरुलाई सहयोग गरिरहेका संस्थाहरुलाई सरकारले प्रोत्साहन गर्ने आश्वासन पनि दिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाहरुका अभिभावकहरुलाई पनि आवश्यक आर्थिक सहायता गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ४ : ५५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल