आइतबारदेखि खुल्ने भयो बन्द रहेको मलेसियाको रोजगारी « Khabarhub

आइतबारदेखि खुल्ने भयो बन्द रहेको मलेसियाको रोजगारी


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली कामदारका लागि गत जेठ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी आगामी आइतबारदेखि खुल्ने भएको छ ।

गत कात्तिक १२ गते मलेसिया र नेपालबीच भएको श्रम सम्झौताको मर्मअनुसार आगामी आइतबारदेखि अन्तिम श्रम स्वीकृति दिने कार्य शुचारु हुन लागेको हो ।

पहिलो चरणमा कलिङ्ग भिसा लागेका ७ हजारभन्दा बढी कामदारलाई मलेसियाको अन्तिम श्रम स्वीकृति दिइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक उच्च अधिकारीले खबरहबलाई जानकारी दिए ।

‘मलेसियाले स्वास्थ्य परीक्षणको नयाँ मापदण्ड पठाएसँग अब कलिङ्ग भिसा लागेका कामदारलाई श्रम स्वीकृति दिने कार्य शुचारु गर्न लागिएको हो,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा खबरहबसँग भने, ‘आगामी आइतबारदेखि मलेसिया कामदार पठाउने काम शुरु हुन्छ ।’

आइतबारदेखि अन्तिम श्रम स्वीकृति दिन थालिने भएपछि कलिङ्ग् भिसा लागेका कामदारले आफूले राहदानी बुझाएका  म्यानपावर कम्पनीमा सम्पर्क गर्नुपर्ने भएको छ । कलिङ्ग भिसा लागेका कामदारलाई श्रम मन्त्रालयले नेपालस्थित मलेसिया राजदूतावाससँग सहकार्य गरेर पठाइने जनाएको छ ।

गत जेठ महिनामा श्रम मन्त्री गोकर्ण विष्टले रोजगारका लागि मलेसिया जाने नेपाली कामदारमाथि स्वास्थ्य परीक्षण लगायतका नाममा आर्थिक भार लगाउने संस्थालाई खारेज गर्ने निर्णय गरेपछि मलेसियाको रोजगारी बन्द भएको थियो ।

मलेसियाको रोजगारी बन्दु हुनु अगाडि ७ हजारभन्दा बढी कामदारको कलिङ्ग भिसा लागिसकेको थियो । अब उनीहरुलाई प्राथमिकतामा राखेर अन्तिम श्रम स्वीकृति दिइने श्रम मन्त्रालयले जनाएको छ । कलिङ्ग भिसा लागेका कामदारको हालका लागि नेपाल सरकार मातहतका स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गराएर अन्तिम श्रम स्वीकृति दिइने मन्त्रालयले जनाएको छ ।

नेपाली कामदार लिन मलेसियाले नयाँ स्वास्थ्य मापदण्ड पठाएको छ । जसअनुसार अब अन्तर्राष्ट्रिय मापदण्ड पुगेका स्वास्थ्य संस्थाले रोजगारीमा जान चाहने व्यक्तिको स्वास्थ्य परीक्षण गर्न सक्नेछन् ।

यद्यपि, स्वास्थ्य परीक्षण गराउन चाहने संस्थाले मुख्य ३ वटा मापदण्ड पूरा गर्नुपर्ने छ । नयाँ मापदण्डअनुसार स्वास्थ्य परीक्षण गर्न चाहने संस्थाले अनिवर्या रुपमा कामदारको उचाइ, लम्बाइ, तौल र शरीरको पूर्ण परीक्षण गर्नुपर्ने छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ५ : १८ बजे

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले