नेपाल बार चुनावः अध्यक्षका दुबै प्रत्यासीका आ–आफ्नै दाबी « Khabarhub

नेपाल बार चुनावः अध्यक्षका दुबै प्रत्यासीका आ–आफ्नै दाबी


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौं– नेपाल बार एशोसिएशनका अध्यक्षका पदका प्रत्यासीद्वय वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र अधिवक्ता सुनिलकुमार पोखरेलले आ–आफ्नै जीतको दाबी गरेका छन् ।

सत्तारुढ नेकपा निकट नेपाल लयर्स एशोसिएशन (एनएलए)बाट अध्यक्ष पदका प्रत्यासी श्रेष्ठले आफू विजयी हुने र नेपाल बार एशोसिएशनलाई सबल बनाउने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै काँग्रेस निकट डेमोक्र्याटिक लयर्स एशोसिएशन (डीएलए) तर्फका अध्यक्षका उम्मेदवार पोखरेलले आफू विजयी हुने र न्यायालयलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने प्रतिवद्धता व्यक्त गरे ।

बुधबार काठमाडौंमा आयोजित ‘नेपाल बार एशोसिएशनको निर्वाचन बहस’ कार्यक्रममा बोल्दै एनएलएका अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता श्रेष्ठले नेपाल बारलाई सक्षम नेतृत्व चाहिएकाले आफूले उम्मेदवार दिएको पनि बताए ।

यता, डिएलएबाट अध्यक्षका प्रत्यासी पोखरेलले राजनीतिक हस्तक्षेप मुक्त न्यायालयका लागि आफूले उम्मेदवारी दिएको बताए । आफू विजयी हुने सुनिश्चित भएको दावी गर्दै उनले न्यायालयलाई स्वतन्त्र न्यायालयको रुपमा विकास गर्न आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आगामी शनिबार निर्वाचन हुँदैछ । पदाधिकारीसहित २५ सदस्यीय केन्द्रीय कार्य समिति चयनका लागि प्रगतिशील समूहको तर्फबाट श्रेष्ठ र प्रजातान्त्रिक समूहको तर्फबाट पोखरेल नेतृत्वको दुई वटा समूह निर्वाचनमा होमिएका छन् ।

नेपाल बार एशोसिएसनको केन्द्रीय समितिमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष १/१ जना रहने व्यवस्था गरिएको छ भने उपाध्यक्षमा भने प्रत्येक प्रदेशबाट १÷१ जनासहित ८ जना निर्वाचित हुनेछन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ५ : १७ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण