आईपीएल : कलकत्तालाई रोक्न आज क्रिस गेलको प्रदर्शन कस्तो रहला ? « Khabarhub

आईपीएल : कलकत्तालाई रोक्न आज क्रिस गेलको प्रदर्शन कस्तो रहला ?


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डिय प्रिमियर लिग (आईपीएल) मा बुधबार कलकत्ता नाइट राइडर्स र किङ्स—११ पञ्जावबीच प्रतिस्पर्धाको खेल हुँदैछ । कलकत्ताको घरेलु मैदान इडन गार्डेनमा हुने खेलमा पञ्जाव आफ्नो जीतको लय कायम राख्ने लक्ष्यमा हुनेछ ।

त्यस्तै, घरेलु टोली कलकत्ता आफ्ना हजारौं दर्शकलाई सकारात्मक सन्देश दिँदै पञ्जावलाई रोक्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । एक—एक खेल खेलिसकेका कलकत्ता र पञ्जाव दुवैले आफ्नो पहिलो खेलमा जीत निकालेका छन् ।

दोस्रो खेलमा दुवै टोली नतिजा आफ्नो पक्षमा पार्ने दाउमा मैदान उत्रिनेछन् । कलकत्ताका कप्तान दिनेश कार्तीकले पञ्जावविरुद्ध जीत निकाल्ने दाबी गरेका छन् । यस्तै, पञ्जावका कप्तान रविचन्द्रन आश्विनले राजस्थान रोयलसँगको नतिजा दोहो¥याउने बताएका छन् ।

अलराउण्डर क्रिस गेलको उत्कृष्ट ब्याटिङमा पञ्जावले पहिलो खेल राजस्थानलाई पराजित गरेको थियो । पछिल्लो सयम लयमा देखिएका गेल कलकत्ताविरुद्ध पनि आक्रामक खेल्न सक्ने अनुमान लगाइँदै आएको छ । गेलले पहिलो खेलमा ७९ रन बनाएका थिए ।

यस्तै, पहिलो खेलमा कलकत्ताका लागि आन्द्रे रुसेलले अलराउण्ड प्रदर्शन गरेका थिए । उनले ब्याटिङ तर्फ ४९ रन बनाएका थिए भने बलिङमा २ विकेट लिएका थिए ।

सम्भावित कलकत्ताको प्लेइङ — ११

क्रिस लेन, सुनिल नारिने, रोविन अत्थपा, नितेश राना, सुभमन गिल, दिनेश कार्तीक (कप्तान), आन्द्रे रुसेल, पिउस चावला, कुलदीप यादव, लोकिइ फरगुसन, प्रसिद्ध कृष्ण

सम्भावित पञ्जावको प्लेइङ ११

क्रिस गेल, केएल राहुल, मायाङ्क अग्रवाल, खर्फराज खान, निकोलास पुरान, डेभिड मिलर, मन्दिप सिंह, आन्द्यु ताय—साम कुरान, रविचन्दन आश्विन (कप्तान) मोहम्मद सामी, मुजिब उर रहमान, अङ्कीत राजपुत

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ५ : ४४ बजे

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग