भ्रष्टाचारको आरोप लागेका पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा रिहा « Khabarhub

भ्रष्टाचारको आरोप लागेका पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा रिहा


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं–

काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको प्रयोगमा रहेको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको आरोप लागेका पूर्वमन्त्री बद्री न्यौपाने ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीशहरु द्वारिकामान जोशी र प्रमोदकुमार वैद्यको इजलाशले न्यौपानेलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।

आदेशसँगै ५ लाख रुपैयाँ नगद बुझाएर न्यौपाने रिहा भइसकेका विशेष अदालतका उपरजिष्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए ।

तत्कालीन महिला बालबालिका तथा समाज कल्याण मन्त्री रहेका न्यौपानेविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैयाँ बिगो तथा जरिवाना दावी गर्दै अभियोग पत्र दायर गरेको थियो ।

समाज कल्याण परिषदले काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापण्ड र प्रक्रिया विपरित गरी अनियमितता गरेको दावी गरेको छ ।

फनपार्कको जग्गालाई वद्नियतपूर्वक प्रतिरोपनी ९ हजार २ सय ५० रुपैयाँमा मात्रै भाडामा लगाइएको भन्दै पूर्वमन्त्री न्यौपानेसहित १४ जनाविरुद्ध गत माघ २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ६ : १२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस