राजनीतिक पूर्वाग्रह राखेर मेरो चरित्र हत्या गर्न खोजियोः मन्त्री मगर (विज्ञप्ति सहित) « Khabarhub

राजनीतिक पूर्वाग्रह राखेर मेरो चरित्र हत्या गर्न खोजियोः मन्त्री मगर (विज्ञप्ति सहित)


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री बिना मगर मेलम्ची खानेपानी आयोजनाको विषयलाई जोडेर आफू विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रञ्जु दर्शनाले गरेको उजुरीका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।

मन्त्री मगरले प्रेस विज्ञप्ति जारी गर्दै आफूविरुद्ध आधारहीन, विना प्रमाण राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्ने उद्देश्यले अख्तियारमा उजुरी दायर गरिएको दाबी गरेकी छिन् । उनले आयोजना आम नेपालीको प्रतिष्ठा र गौरवसँग जोडिएको भन्दै गलत मनसायका साथ गरिने प्रचारप्रतिको खेद प्रकट समेत गरेकी छिन् ।

मन्त्री मगरले आफ्नै कार्यकालमा आयोजनाको कामले द्रुत गति लिएको र सुरुङ निर्माण सम्पन्न भएको तथा अधिकाशं काम सम्पन्न भएको बताउँदै केही काम बाँकी रहेको अवस्थामा इटालियन ठेकेदार कम्पनी सिएमसीले हात झिक्दा समस्या आएको स्पष्ट पारेकी छिन् । ठेकेदार कम्पनिले हात झिक्नुको पछाडि मूख्य कारण सिएमसी कम्पनी नै आर्थिक रुपमा टाट पल्टनु रहेको र आर्थिक रुपमा टाट पल्टिएपछि मेलम्ची आयोजनाको काम छाडेर ठेकेदार कम्पनीले सम्झौता रद्द गरेको विज्ञप्तिमा  उल्लेख गरिएको छ ।

ठेकेदार कम्पनी आर्थिक रुपमा समस्यामा पर्दा आयोजनामा समस्या आएको जनाउँदै उनले आयोजना निर्माणको आफ्नै मान्यता हुने र त्यस विपरित गएर मन्त्री वा कुनै पनि अधिकारीले निर्णय गर्ने अवस्था समेत नहुने बताएकी छिन् । उनले कानूनी मान्यता नाघेर कुनै अवैधानिक निर्णय लिन नसक्नेमा जोड दिँदै राज्यद्वारा निर्देशित ऐन, कानूनप्रतिको प्रतिवद्धता र सुशासनप्रतिको सङ्कल्पलाई अक्षुण राख्न प्रतिवद्ध रहेको स्पष्ट पारेकी छिन् ।

मेलम्ची खानेपानी विकास समिति आफैमा स्वायत्त, अधिकारसम्पन्न सरकारी निकाय भएकाले आयोजनाको कुनै पनि निर्णयमा मन्त्रीको हस्ताक्षर नचल्ने र मन्त्रालयका सचिव नै अध्यक्ष रहने तथा आयोजना सञ्चालक समितिको निर्णय अन्तिम हुने समेत विज्ञप्तिमार्फत जानकारी दिएकी छिन् ।

आयोजनाको कुनै प्रस्ताव मन्त्रिपरिषदमा लैजाने परिस्थितिमा मात्र मन्त्रीको माध्यम हुँदै पेश हुने प्रक्रिया उल्लेख गर्दै उनले प्रसंग नै नभएको विषयमा मन्त्रीलाई जोड्न खोज्नु राजनीतिक पूर्वाग्रह र बेइमानी भएको बताएकी छिन् ।

विज्ञप्ति जस्ताको तस्तै

 

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ६ : ५२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस