न्यू रोडको पार्किङ समस्या हट्ने, वैशाखदेखि ‘स्मार्ट पार्किङ’को व्यवस्था « Khabarhub

न्यू रोडको पार्किङ समस्या हट्ने, वैशाखदेखि ‘स्मार्ट पार्किङ’को व्यवस्था


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि नयाँ सडक (न्यू रोड) आसपासका पाँच स्थानमा ‘स्मार्ट पार्किङ’ शुरु गर्ने भएको छ । महानगरले ब्हिल्स ट्रलीयोर्स प्रालिसँगको सहकार्यमा यो सेवा शुरु गर्न लागेको हो ।

सवारीको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सो क्षेत्रमा समस्या भएपछि यस किसिमको व्यवस्था गर्न लागिएको हो । वैशाखदेखि नयाँ सडकको रामेश्वर मिठाई पछाडिको भाग, विशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङ शुरु हुनेछ । ती स्थानमा एक पटकमा करीब ८०० मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिन्छ ।

प्रालिका सूचना प्रविधि इञ्जिनीयर हरिश अग्रवालका अनुसार ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ प्रणाली शुरु हुनेछ ।

नयाँ सडक जानुअघि उपभोक्ताले मोबाइलबाटै कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ सुनिश्चित गर्न सक्छन् । त्यस ठाउँको व्यवस्थापनका लागि ‘गोप्रो’ क्यामरासहितका पार्किङ सहयोगी राखिनेछन् । उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित अभिलेख गरेर राख्छन् ।

ती क्षेत्रमा पार्किङ गर्दा दुई पाङ्गे सवारीकालागि प्रतिघण्टा कर बाहेक रु २०, चार पाङ्ग्रेका लागि प्रतिघण्टा रु ५० र ६ पाङ्ग्रे वा सोभन्दा माथिका लागि प्रतिघण्टा रु २०० शुल्क लाग्नेछ ।

यसरी सङ्कलन गरिएको रकमबाट सञ्चालकले महानगरलाई राजश्व बुझाउनेछन् । काठमाडौँमा भएका सवारी साधनमध्ये औसतमा १० प्रतिशत समय मात्र सडकमा गुड्छन् । बाँकी समय पार्किङ गरिएका हुन्छन् । त्यसैले पार्किङको समस्या बढेको हो ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ७ : २६ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको