स्पेनको दूतावासमा छापा मारेको उत्तर कोरियाली समूहद्वारा जिम्मा « Khabarhub

स्पेनको दूतावासमा छापा मारेको उत्तर कोरियाली समूहद्वारा जिम्मा


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तर कोरिया– उत्तर कोरियाको वर्तमान सत्तालाई गिराउने लक्ष्यका साथ स्थापना भएको एउटा समूहले गत महिना स्पेनको राजधानी मड्रिडमा रहेको उत्तर कोरियाली दूतावासमा छापा मारेको घटनाको जिम्मा लिएको छ ।

उत्तर कोरियाबाट भागेर शरणार्थीका रुपमा विश्वका विभिन्न स्थानमा रहेका उत्तर कोरियाली शरणार्थीको समूह चेओलिमा डिफेन्स काउन्सिल नामक समूहले मड्रिडस्थित उत्तर कोरियाली दूतावासमा छापा मारेको घटनामा आफ्नो संलग्नता रहेको जनाएको हो ।

आफूलाई मानवअधिकारवादी भन्ने त्यस समूहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भएको दोश्रो शिखर वार्ताअघि मड्रिडमा रहेको उत्तर कोरियाली दूतावासमा छापा मारी त्यहाँबाट कम्प्युटर, फोन तथा हार्डडिस्कलगायतका सामान लिएर भागेको थियो ।

तर, त्यस समूहले आफूले गराएको घटनालाई आक्रमणको संज्ञा भने दिएको छैन । त्यस समूहले आफूले लिएर भागेको सामान विशेष आग्रहमा अमेरिकाको संघीय अनुसन्धान व्यूरो एफबीआईको आग्रहमा उपलब्ध गराइएको जनाएको छ ।

यद्यपि स्पेनी अधिकारीले भने केही आक्रमणकारीले दूतावासभित्र प्रवेश गरी त्यहाँका कुटनीतिज्ञ तथा अन्य अधिकारीलाई कुटपिट गरेको र जबरजस्ती सामानहरु लुटेर भागेको जनाउदै आएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ८ : २७ बजे

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित

मौसम विभागले भन्यो- नेपालमा तीव्र हावाहुरीको सम्भावना छैन

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा

हुम्ला-सुर्खेत सडक जीर्ण, यात्रीलाई सास्ती

हुम्ला– हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रीलाई सास्ती भएको छ ।