न्यूयोर्कमा दादुराको महामारीपछि संकटकालको घोषणा « Khabarhub

न्यूयोर्कमा दादुराको महामारीपछि संकटकालको घोषणा


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– दादुराको महामारी फैलिएपछि अमेरिकाको न्यूयोर्क राज्यमा रहेको एक काउण्टीले संकटकालको घोषणा गरेको छ । न्यूयोर्क राज्यको उत्तरी भेगमा रहेको रकल्याण्ड काउण्टीले दादुराको महामारी फैलिएपछि संकटकालको घोषणा गरेको हो ।

रकल्याण्ड काउण्टीले दादुराविरुद्धको खोप नलगाएका बालबालिकालाई सार्वजनिक स्थानमा जान प्रतिबन्ध लगाउने घोषणा गरेको छ । काउण्टीको घोषणाको अटेर गरे जरिवाना र ६ महिनाको जेलसजाय समेत हुने बताइएको छ ।

काउण्टीमा पछिल्ला केही समययता १ सय ५३ दादुराको संक्रमण देखिएपछि संकटकालको घोषणा गर्नुपरेको अधिकारीले जनाएका छन् ।
अमेरिकाको इलेनोई, टेक्सस, क्यालिफोर्निया लगायतका राज्यमा दादुराको महामारी देखिएको समाचार सार्वजनिक भएको केही समयपछि न्यूयोर्क राज्यको काउण्टीले संकटकालको घोषणा गरेको हो ।

पछिल्लो समय अमेरिकामा धार्मिक कारण तथा खोप लगाएमा अटिज्म देखापर्नेजस्ता खोपबारे अनर्गल हल्लाका पछि लागेर अभिभाकहरुले आफ्ना बालबालिकालाई खोप लगाउन हिचकिचाउने गरेको बताइन्छ ।

हाल महामारी देखिएको रकल्याण्ड काउण्टीमा कट्टर यहुदी धर्मका मानिसहरुको ठूलो उपस्थिती रहेको र उनीहरु खोप लगाउने कार्यक्रमप्रति सकारात्मक नहुने भएकाले दादुराको महामारी देखा परेको हुनसक्ने न्यूयोर्क टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ९ : ०० बजे

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज