न्यूयोर्कमा दादुराको महामारीपछि संकटकालको घोषणा « Khabarhub

न्यूयोर्कमा दादुराको महामारीपछि संकटकालको घोषणा


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– दादुराको महामारी फैलिएपछि अमेरिकाको न्यूयोर्क राज्यमा रहेको एक काउण्टीले संकटकालको घोषणा गरेको छ । न्यूयोर्क राज्यको उत्तरी भेगमा रहेको रकल्याण्ड काउण्टीले दादुराको महामारी फैलिएपछि संकटकालको घोषणा गरेको हो ।

रकल्याण्ड काउण्टीले दादुराविरुद्धको खोप नलगाएका बालबालिकालाई सार्वजनिक स्थानमा जान प्रतिबन्ध लगाउने घोषणा गरेको छ । काउण्टीको घोषणाको अटेर गरे जरिवाना र ६ महिनाको जेलसजाय समेत हुने बताइएको छ ।

काउण्टीमा पछिल्ला केही समययता १ सय ५३ दादुराको संक्रमण देखिएपछि संकटकालको घोषणा गर्नुपरेको अधिकारीले जनाएका छन् ।
अमेरिकाको इलेनोई, टेक्सस, क्यालिफोर्निया लगायतका राज्यमा दादुराको महामारी देखिएको समाचार सार्वजनिक भएको केही समयपछि न्यूयोर्क राज्यको काउण्टीले संकटकालको घोषणा गरेको हो ।

पछिल्लो समय अमेरिकामा धार्मिक कारण तथा खोप लगाएमा अटिज्म देखापर्नेजस्ता खोपबारे अनर्गल हल्लाका पछि लागेर अभिभाकहरुले आफ्ना बालबालिकालाई खोप लगाउन हिचकिचाउने गरेको बताइन्छ ।

हाल महामारी देखिएको रकल्याण्ड काउण्टीमा कट्टर यहुदी धर्मका मानिसहरुको ठूलो उपस्थिती रहेको र उनीहरु खोप लगाउने कार्यक्रमप्रति सकारात्मक नहुने भएकाले दादुराको महामारी देखा परेको हुनसक्ने न्यूयोर्क टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ९ : ०० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल