निर्देशन अवज्ञा गरेको भन्दै क्याटालोनियाका राष्ट्रपतिविरुद्ध अनुसन्धान शुरु « Khabarhub

निर्देशन अवज्ञा गरेको भन्दै क्याटालोनियाका राष्ट्रपतिविरुद्ध अनुसन्धान शुरु


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्याटालोनिया– स्पेनका अनुसन्धानकर्ताहरुले मुलुकको स्वशासित क्षेत्र क्याटालोनियाका नेताले निर्देशन अवज्ञा गरेको अभियोगमा अनुसन्धान शुरु गरेका छन् । क्याटालोनियाका राष्ट्रपति कुइम टोराले क्याटालोनियामा रहेका स्वतन्त्रताको समर्थनमा राखिएका सङ्केतहरु नहटाएको भन्दै उनीविरुद्ध निर्देश्न अवज्ञाको अभियोगमा अदालतको आदेशअनुसार अनुसन्धान शुरु गरिएको स्पेनी अनुसन्धनकर्ताले जनाएका हुन् ।

यसअघि स्पेनको निर्वाचन समितिले क्याटालोनियामा रहेका स्वतन्त्रता समर्थित झण्डा र अन्य सङ्केतहरुलाई सार्वजनिक स्थानबाट हटाउन ४८ घण्टाको म्याद दिएर राष्ट्रपति टोराको नाममा निर्देशन दिएको थियो । तर, राष्ट्रपतिले त्यसो नगरेका कारण उनले निर्देशन अवज्ञा गरेको अभियोगमा अनुसन्धान शुरु गरिएको हो ।

सन् २०१७ मा क्याटालोनियाले स्वतन्त्रताका लागि जनमत सङ्ग्रहको आयोजना गरेपछि क्याटालोनिया र स्पेनको सरकारबीचको सम्बन्ध निकै चिसिएको छ । स्पेन सरकारले त्यस जनमत सङ्ग्रह अवैधानिक रहेको भन्दै त्यहाँको सरकार भंग गरिदिएको थियो भने जनमत सङ्ग्रह गराउने तत्कालिन राष्ट्रपति कार्लस पुइज्दमनसहित पृथकतावादी नेताहरुविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

हाल राष्ट्रपति रहेका टोराविरुद्धको अभियोगमा उनी दोषी प्रमाणित भए उनीविरुद्ध दुई वर्षसम्म क्याटालोनियाको सरकार चलाउन अयोग्य रहनेगरी कारवाही हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ८ : ४२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार