चीन जोड्ने सडक निर्माणको जिम्मा सेनालाई दिन प्रधानमन्त्रीलाई ज्ञापन « Khabarhub

चीन जोड्ने सडक निर्माणको जिम्मा सेनालाई दिन प्रधानमन्त्रीलाई ज्ञापन


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीन जोड्ने दार्चुला खलंगा–तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिन दार्चुलाबाट संघीय संसद र सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर दार्चुलाका संघीय संसद र सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टीका जनप्रतिनिधिले चीनको ताक्लाकोट जोड्ने सडक निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरिदिन अनुरोध गरेका हुन्।

संघीय संसद प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले भने, ‘विस्फोटक पदार्थको अभाव र ठेकेदारहरूको ढिलासुस्तीले सडक निर्माण कार्यमा ढिलाइ भएकाले आगामी आर्थिक वर्षबाट दार्चुला तिंकर सडक नेपाली सेनामार्पत संचालनका लागि निर्णय गरिदिनुहुन प्रधानमन्त्रीज्यूसमक्ष अनुरोध गरिएको हो।’

नेपाली र भारतीय हिन्दुधर्मावलम्बीको पवित्र धार्मिक धाम मानसरोवर जोड्ने र चीनसँगको व्यापारिक दृष्टिले पनि महत्वपूर्ण सडक भएकाले यसको निर्माण छिटो होस् भनेर सेनालाई दिन माग गरिएको सांसद ठगुन्नाले बताए। उनले विस्फोटक पदार्थको अभावले सडक निर्माण ढिलाई भएको र विस्फोटक जिलेटिन सेनामार्फत मात्रै प्राप्त हुने भएकाले पनि यो सडक निर्माणको जिम्मा सेनालाई दिनुपर्ने बताए।

खलंगा–तिंकर सडकखण्डको ४० किलोमिटर ट्य्राक खोलिएको छ। करिब १४० किलोमिटर सडकको बाँकी ट्य्राक खोल्ने काम नै बाँकी रहेको छ। यो सडकको काम आर्थिक वर्ष २०६७र६८ बाट शुरु भएको हो। यसको अहिले सात किलोमिटर सडक खण्डाको स्तरोन्नतिको काम चलिरहेको छ।

गोकुलेश्वर एयरपोर्ट संचालन गर्न माग

दार्चुलाबाट प्रदेश र संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका जनप्रतिनिधिहरूले दार्चुलाको गोकुलेश्वरमा रहेको एयरपोर्ट पुनः संचालनमा ल्याउन प्रधानमन्त्रीसमक्ष ज्ञापन बुझाएका छन्।

लामोसमयदेखि क्षतिग्रस्त अवस्थामा रहेकाले उक्त विमानस्थल पुनः संचालनका लागि बजेट व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो।

दार्चुलाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसद वगणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला जोशी बडाल, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामी र गेल्बुसिंह बोहराले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १० : ४० बजे

महाकाव्यकार दाहालको ‘बित्छ बिहान आमाको’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत ‘बित्छ

एनपीएलले नेपाली खेलाडीको स्तरवृद्धिमा योगदान पुग्छ: प्रतिस जिसी

काठमाडौं – विराटनगर किंग्सका बलर प्रतिस जिसीले नेपाल प्रिमियर लिग

एसियन कप छनोटः नेपाल सिरियासँग पराजित

काठमाडौं – एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगिताको आफ्नो उद्घाटन

सरकार र दुर्गा प्रसाईंका प्रतिनिधिबीच वार्ता, आन्दोलन स्थगित गर्ने सहमति

काठमाडौं – सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

किसानलाई धानको मूल्य पाउन समस्या

सुदूरपश्चिम – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा धान