आशाको वर्ष २०७६ : दुई महिनाभित्रै पाइपलाइनबाट पेट्रोल, स्थानीय तहमा वाणिज्य बैंक « Khabarhub

आशाको वर्ष २०७६ : दुई महिनाभित्रै पाइपलाइनबाट पेट्रोल, स्थानीय तहमा वाणिज्य बैंक


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-वर्ष २०७६ लाई नयाँ पत्रिका दैनिकले आशाको वर्षका रुपमा व्याख्या गरेको छ । आर्थिक वर्ष ०७६/७७ देशको १५ योजना कार्यान्वयनको पहिलो वर्ष हो । सरकारले १५ औं योजना अवधिभर आर्थिक वृद्धिदर औसत वार्षिक ९.२ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

त्यस्तै दुई महिनाभित्रै आउँदैछ पाइपलाइनबाट पेट्रोल, ११४९ बिजुली उत्पादन हुने, असारदेखि नेपाल वायुसेवा निगमले जापानमा उडान भर्ने, सबै स्थानीय तहमा वाणिज्य बैंक पुग्नेलगायतमा योजना भएकाले यो वर्ष आशाको वर्षमा रुपमा व्याख्या गरिएको छ।

नेपालको आर्थिक वृद्धि ७ प्रतिशतनजिक शीर्षकको समाचारमा केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष ०७५/७६ मा ६ दशमलव ८१ प्रतिशत (आधारभूत मूल्यमा) आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। यससँगै नेपालले लगातार तेस्रो वर्ष ६ प्रतिशतभन्दा उच्च आर्थिक वृद्धिदर हासिल गर्ने देखिएको छ। नेपालले गत आर्थिक वर्ष ०७४/७५ मा ६ दशमलव ३ प्रतिशत र त्यसअघि ०७३/७४ मा ७ दशमलव ७४ प्रतिशत वृद्धिदर कायम गरेको थियो।

शुक्रबार विभागको तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले आर्थिक क्रियाकलापमा निरन्तर वृद्धि भइरहेकाले त्यसले अर्थतन्त्रको विकासमा सकारात्मक योगदान गरिरहेको बताए। सरकारले यस आर्थिक वर्षमा आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य बजेटमा लिएको थियो। तर, अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको मध्यावधि समीक्षामा सातदेखि आठ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने बताएका थिए। विभागको प्रक्षेपण पनि सात प्रतिशतको नजिक हुने देखिएको छ।

राष्ट्रपति भण्डारीको ‘वान वेल्ट वान रोड’मा सम्बोधन शीर्षकको समाचारमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘वेल्ट एण्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेशन’को उच्चस्तरीय सम्मेलनलाई शुक्रबार सम्बोधन गरेकी छन् । बुद्ध र सगरमाथाको देशका जनता र सरकारबाट न्यानो अभिवादन ल्याएकी छु भन्दै भण्डारीले सम्बोधन सुरु गरेकी थिइन् ।

विश्वमा गरिबी घटेको स्वास्थ्य र शिक्षामा पहुँच पुगेसँगै कैयौँ देश अर्थतन्त्रको समृद्धितर्फ लम्किन सहकार्यबाट सम्भव भएको बताइन् । उनले धनी र गरिबबीचको बढ्दो दुरीले अझ चुनौती थपिएको बताइन् । ‘विश्वका कुनै पनि कुनामा भएको गरिबी विश्वका लागि अझ खतराको विषय हो, यसको उल्मुलन गर्न सहकार्यको आवश्यकता छ,’ राष्ट्रपति भण्डारीले भनिन् । उनले सहकार्यको क्षेत्रमा चीनका राष्ट्रपतिले थालेको ‘वान वेल्ट वान रोड’ले सहकार्यमा पर्याप्त सम्भावना बोकेको बताइन् । उनले नेपाल चीन सीमापार रेलमार्ग यस क्षैत्रको आर्थिक अवस्था सुधार्न फलदायी हुने बताइन् ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ७ : ४० बजे

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल