अन्तर्राष्ट्रिय ब्याडमिन्टन : नेपालका प्रिन्स सेमिफाइनलमा « Khabarhub

अन्तर्राष्ट्रिय ब्याडमिन्टन : नेपालका प्रिन्स सेमिफाइनलमा


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका युवा खेलाडी प्रिन्स दाहाल थाइल्याण्डको राजधानी बैंककमा जारी ‘योनेक्स सिङ्गा–रोजा बिटिवाईअन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’को ब्वाइज यु–१७ को सेमिफाइनलमा प्रवेश गरेका छन् । जितसँगै उनले अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा पदक जित्ने पक्का भएको छ ।

आज सम्पन्न क्वाटरफाइनल खेलमा प्रिन्सले थाइल्याण्डका नाटथप्पे श्रीउनलकलाई २–० सोझो सेटमा पराजित गरेका हुन् । प्रिन्सले पहिलो सेट २१–१३ अङ्कले तथा दोस्रो सेट २१–१४ अङ्कले जितेका हुन । उनले सेमिफाइनलमा आज साँझ भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्ने बैंककमा रहेका प्रिन्सका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिनुभयो । यसअघि प्रिन्सले शुक्रबार क्वाटरफाइनलमा फ्रान्सका लानिर एलेक्स मिचेललाई २१–१९ र २३–२१अङ्कले पराजित गरी अन्तिम आठमा स्थान बनाएका थिए ।

प्रिन्सले यसअघि पहिलो चरणमा जापानका खेलाडीलाई २१–९ र २१–६ अङ्कले, दोस्रो चरणमा थाइल्याण्डका खेलाडीलाई २१–७ र २१–८ अङ्कले, तेस्रो चरणमा मलेसियाका खेलाडीलाई २१–१०, १७–२१ र २१–११ अङ्कले तथा चौथो चरणको खेलमा थाइल्याण्डका खेलाडीलाई २१–१० र २१–१३ अङ्कले पराजित गरेका थिए । प्रिन्सले गतवर्ष असोजमा युनाइटेड अरब इमिरेट्सको दुवईमा सम्पन्न‘दुवई जुनियर इन्टरनेशनल सिरिज’अन्तर्गत पुरुष यु–१५ को उपाधि जितेका थिए ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितमा नेपाली खेलाडीले पाएको यो नैअहिलेसम्मको ठूलो सफलता हो । उनले इण्डोनेशियाका खेलाडी क्रिस्टियनअगस्टिनलाई २१–११ र २१–११ अङ्कले पराजित गरेका थिए । उक्त प्रतियोगितामा भारत, पाकिस्तान, युएई, साउदी अरब, इण्डोनेशिया, स्वीडेन, बेलायत, केन्या, इजिप्ट, बहराइन र अल्जेरियाका खेलाडी सहभागी थिए । प्रिन्सले हालै प्रदेश नं ५ मा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा कास्य पदक जितेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  १२ : १७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर