चैत्र मसान्तसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फिति ४ दशमलब ४ प्रतिशत « Khabarhub

चैत्र मसान्तसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फिति ४ दशमलब ४ प्रतिशत


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०७५ चैत्र मसान्तसम्म बार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फिति ४ दशमलब ४ प्रतिशत रहेको छ ।

२०७४ चैतमा यो ५ दशमलब ३ प्रतिशत थियो । त्यसैगरी खाद्य तथ पेय पदार्थ समुहको मुद्रास्फिति २ दशमलब ८ प्रतिशत, गैह खाद्य र सेवा समुहको ५।७ प्रतिशत मुद्रास्फिति रहेको छ ।

चैत मसान्त सम्म बैक कारोबारमा आधारित सरकारको वित्तीय स्थिति १७ अर्ब २९ करोड बचतमा छ । संघीय सरकारको कूल खर्चमा ५ सय ९६ अर्ब ६२ करोड पुगेको छ भने यसमध्ये चालु खर्च ४ सय ४७ अर्ब ५५ करोड र पूँजीगत खर्च १ सय ३ अर्ब ४९ करोड रहेको छ । प्रदेश तथा स्थानिय तहमा बाँडफाँड हुने समेत गरि राजश्व संकलन १९५ प्रतिशतले वृद्धि भई ६ सय ४ अर्ब ६० करोड पुगेको छ । बैकका अनुसार २०७५ चैत्र मसान्तमा सम्म बैक तथा वित्तिय संस्थाका ८ हजार २ सय ५ वटा शाखा संख्या रहेको र प्रतिशाखाले ३ हजार ५ सय ६० सेवाग्राहीलाई सेवा दिन सक्ने क्षमता पुगेका छन् ।

फागुन मसान्त सम्मको तथ्यांक अनुसार २ करोड ५७ लाख निक्षेप खाता रहनुको साथै ७ सय २४ स्थानिय तहमा बाणिज्य बैकका शाखाहरु पुगेका छन् । फागुन मसान्त सम्म बैक तथा वित्तिय संस्थामा ३ खर्ब ९ अर्ब निक्षेप संकलन भएकोमा २ खर्ब ७ अर्ब ४९ करोड कर्जा प्रवाह भएको छ । पुर्वाधार र भौतिक क्षेत्रमा लगानीको आवश्यकता पुरा गर्ने उद्देश्यले पूर्वाधार बैक स्थापना गरिएको कार्यक्रममा जानकारी गराईएको थियो । संघीयता कार्यान्वनमा सघाउ पुर्याउने उद्देश्यसाथ राष्ट्रबैकको संस्थागत ढाँचामा परिर्वतन गर्ने क्रममा कर्णाली प्रदेशमा कार्यलय स्थापना गर्ने प्रक्रिया अघि बढाईएको पनि गर्भनर नेपालले जानकारी दिए ।

२०७५र२०७६ को पछिल्लो ८ महिनाको समिक्षामा विस्तृत मुद्रा प्रवाहमा ८।४ प्रतिशत र निक्षेपमा ९।७ प्रतिशत र नीजी क्षेत्रमा १४।६ प्रतिशतले कर्जा बढेको छ । पुर्नकर्जा सुविधालाई प्रभावकारी बनाउन नीतिगत व्यवस्था गर्दै पुर्नकर्जाको सिमा वृद्धि गरि ५० अर्ब पुर्याईएको छ । फागुन मसान्त सम्म पुर्नकर्जाको बक्यौता २४ अर्ब ५२ करोड रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ३ : ४४ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम