बीआरआईमा राष्ट्रपति सहभागी हुनु उपयुक्त होइन– कोइराला « Khabarhub

बीआरआईमा राष्ट्रपति सहभागी हुनु उपयुक्त होइन– कोइराला


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संवै धानिक राष्ट्रपति विद्यादेवी भण्डारी कार्यकारी राष्ट्रपति जस्तो गरी बीआरआई सम्मेलनमा भाग लिन चीन जानु उपयुक्त नभएको बताएका छन् ।

डा कोइरालाले पछिल्लो समय राष्ट्रपतिको सक्रियता बढेको समेत दाबी गरे । डा कोइरालाले भने,‘ पछिल्ला दिनहरुमा जसरी राष्ट्रपतिको क्रियाशिलता जसरी बढिरहेको छ, यो लोकतन्त्रको लागी शुभ संकेत होइन। जुन काम कार्यकारी प्रधानमन्त्रीले गर्नु पर्ने हो त्यो काम संवैधानिक राष्ट्रपतिले गर्दै हिडिरहनु भएको छ। यसबाट के सन्देश दिन खोजेको ?’

नेपाली कांग्रेस कोहलपुर नगर समिति, बॉकेको भेलालाई संवोधन गर्दै डा कोइरालाले वालुवाटार र टूॅडिखेलको जग्गा प्रकरणमा सत्यतथ्य सार्वजनिक गरेर जो दोषी देखिए पनि कारबाही हुनुपर्ने बताए । सरकार, भूमाफिया, राजनितिज्ञ र महानगरपालिकाको मिलेमतोमा वालुवाटारको जग्गा बिक्री गरेको र टूॅडिखेलको जग्गा भाडामा लगाएको उनको आरोप छ ।

कोइरालाले दुई तिहाईको दम्भमा सरकार संस्थागत र संगठित रुपले भ्रष्टाचारमा लिप्त भएको बताए ।

कांग्रेस केन्द्रिय धनराज गुरुङ्ले गरीब नेपालीको रगत–पसिना चुसेर राष्ट्रपति र प्रधानमन्त्रीले आलिशान जीवन बिताईरहेको बताए । केन्द्रिय सदस्य गुरुङ्ले कम्युनिष्टको बर्को ओढेर सिंहदरबारमा बसेर मुलुकमा लुटपाट नमच्चाउॅन प्रधानमन्त्रीलाई चेतावनी दिए । गुरुङ्ले भ्रष्ट्राचारको चाङ्मा उभिएर समृद्धिको सपना नदेख्न पनी प्रधानमन्त्रीलाई चेतावनी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ४ : ४९ बजे

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको