यी युवतीसँग श्रीलंका प्रहरीले किन माग्यो माफी ? « Khabarhub

यी युवतीसँग श्रीलंका प्रहरीले किन माग्यो माफी ?


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा बस्ने अमारा मजीद एक मुस्लिम अभियन्ता हुन् ।

उनले विश्वभरका मुसलमानमा व्याप्त चालचलनका बारेमा अभियान चलाउने गरेकी छिन् । उनले मुसलमानको चलन तोड्ने विषयमा एक किताव लेखेकी छिन् । किताबको नाम हो–‘द फरेनर्स’ ।

हालसालै अमारामाथि एक गम्भीर आरोप लाग्यो जसका कारण उनी निकै दुःखी भइन् ।

श्रीलंका सरकार र प्रहरीले गलतीले आमारालाई कोलम्बोमा भएको आत्घाती धमाकाकालागि जिम्मेवार मानेको र इस्लामिक स्टेटसँग जोडिएको संदिग्ध बताएको थिए ।

जब यो समाचार उनले थाहा पाइन् तब उनले ट्वीट गरिन् ।

‘आज विहान मलाई थाहा भयो कि श्रीलंकाको सरकारले गलत तरिकाबाट इस्टरमा आइतबार भएको हमलाको सिलसिलामा इस्लामिक स्टेटसँग सम्बन्ध राख्ने संदिग्धको रुपमा मेरो पहिचान गरेको छ, यो कस्तो विहानी ।’

आमाराले लेखेकि छिन्, ‘सबैलाई थाहा छ कि यो पूर्ण रुपमा गलत छ र म भन्न चाहन्छु कि हाम्रो समुदाय पहिलादेखि नै कडा निगरानीसँग लडिरहेको छ, कृपया मलाई यो भयानक हमालासँग जोड्न बन्द गरियोस् र आगमी दिनहरुमा यस्ता सूचना जारी गर्नुभन्दा पहिला ध्यान दिनुहोस् ।किनकी यसले कसैको परिवार र समूदायमा गहिरो असर पर्छ ।’

आमाराको ट्वीटपछि श्रीलंकाली प्रहरीले एक वक्तव्य जारी गर्दै आफ्नो गल्तीको लागि माफी मागेको छ र भनेको छ,‘यो तस्वीरमा देखाइएकी महिला वान्टेड होइनन् ।’

आइतबार श्रीलंकाको राजधानी कोलम्बोमा विभिन्न आठ स्थानमा भएको श्रृंखलावद्ध विस्फोटमा २५० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ५ : १८ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त