जलवायु परिवर्तनको अन्यायपूर्ण भार नेपालले व्यहोर्दै आएको छ– राष्ट्रपति भण्डारी « Khabarhub

जलवायु परिवर्तनको अन्यायपूर्ण भार नेपालले व्यहोर्दै आएको छ– राष्ट्रपति भण्डारी


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको अन्यायपूर्ण भार नेपालले व्यहोर्दै आएको बताएकी छिन् ।

उनले खतराको घण्टी बजाइरहेको र पृथ्वीले धान्नै नसक्ने गरी बढिरहेको उत्पादन र उपभोगको प्रवृत्तिले वातावरणीय विनाशलाई तीव्रता दिइरहेको अवस्थामा नगन्यमात्रामा कार्बन उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले दुर्भाग्यबस जलवायु परिवर्तनको अन्यायपूर्ण भार व्यहोर्दै आएको र यसको मुख्य शिकार महिला र विपन्न समुदाय बनिरहेको बताएकी छिन् ।

अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो ‘बेल्ट एण्ड रोड फोरम’को चीनमा आयोजित तेस्रो सत्रको ‘संयुक्त राष्ट्र सङ्घको सन् २०३० सम्मको एजेण्डा कार्यान्वयन गर्न हरियाली प्रवद्र्धन तथा दिगो विकास’ विषयक छलफलमा राष्ट्रपति भण्डारीले अबको बाटो भनेको हरित अर्थतन्त्रको विकास भएको र वातावरणीय दृष्टिकोणबाट हानिकारक देखिएका विकासका मोडलको पुनरावलोकन गर्ने बेला आएको उल्लेख गरिन् । उनलेले पृथ्वीको जलवायु अनुकूलता जोगाइ राख्न नसके सन्ततिको भविष्य अन्योल मात्र होइन गम्भीर खतरामा जाने अनुसन्धानले देखाएको बताइन् ।

“नेपाल अग्ला हिमालको देश हो । ती अग्ला चुचुरा गर्मीमा शीतलता र जाडोमा न्यानोपनका स्रोतहरु हुन् । पर्यावरण प्रणालीका अभिन्न अङ्गका रुपमा रहेका हिमालय शृङ्खला मानव जगत्का साझा सम्पत्ति हुन् । नेपालमा जलविद्युत्का माध्यमबाट स्वच्छ ऊर्जाको विकास गर्ने प्रचूर सम्भावना छ । यसबाट नेपाललगायत छिमेकीकोसमेत हरित विकासमा ठूलो योगदान पुग्न सक्दछ”, राष्ट्रपति भण्डारीले भनिन् ।

उनले प्राचीन सिल्क मार्गको दक्षिणी हाँगाले समेटेको नेपाल अहिले बीआरआइसँग जोडिएकाले भूपरिवेष्ठित नेपालको कनेक्टिभिटी बिस्तार र विश्व बजारमा अर्थतन्त्रलाई एकीकरण गर्दै नेपालको आर्थिक रुपान्तरणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

“दिगो विकासका लागि २०३० एजेण्डा जनता, पृथ्वी र समृद्धिका लागि हो । यो सोच रुपान्तरणकारी, समावेशी र समन्यायिक विकासका लागि हो । समावेशिताविनाको दिगो विकास भ्रम मात्र हुनेछ । यो महत्वाकाङ्क्षी सोचको प्राप्ति राष्ट्रबीचको उच्च तहको सहकार्यबाट मात्र सम्भव छ । यही सोचका साथ नेपालले दिगो विकास लक्ष्यलाई आफ्ना राष्ट्रिय नीति, योजना र कार्यक्रममा समाहित गरेको छ । हामी संयुक्त राष्ट्रसङ्घको विकाससम्बन्धी कार्यादेशलाई बलियो बनाउनु पर्दछ भन्ने पक्षमा छौँ”, राष्ट्रपति भण्डारीले भनिन् ।

याङ्की ताल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित छलफलमा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीले दिएको दूरदृष्टिका लागि धन्यवाद व्यक्त गर्दै कसैलाई नछुट्याइ सबैको साझा विकास र समृद्धि हासिल गर्ने लक्ष्य बोकेको ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभको मर्म र भावना २०३० को एजेण्डासँग मेल खाने बताइन् । उनले बीआरआइ गरिबी उन्मूलन, रोजगारी सिर्जना, पूर्वाधार निर्माण र औद्योगिक रुपान्तरणको एक प्रमुख संवाहक बन्दै गएको र वित्तीय खाडल बढिरहेका सन्दर्भमा यसले धेरै राष्ट्रलाई २०३० को एजेण्डा कार्यान्वयन गर्न उल्लेख्य सहयोग पु¥याउने धारणा व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले दिगो विकासका तीनवटै अवयवलाई सन्तुलनमा राख्दै स्वच्छ, नवीकरणीय ऊर्जा र न्यून कार्बनका क्षेत्रमा बीआरआईले दिएको जोडले वातावरणमैत्री अर्थतन्त्रको रुपान्तरणका लागि महत्वपूर्ण सघाउ पु¥याउन सक्ने र सूचना प्रविधिजस्ता उदाउँदा उद्योगमा गरिने सहयोगले सेवा क्षेत्रमा ठूलो वृद्धि ल्याउन सक्ने भनाइ राख्दै वातावरणीय जोखिम न्यून गर्न वैज्ञानिक अनुसन्धान र त्यसमाथि आधारित समाधानका उपाय खोजिनुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ८ : २५ बजे

म्यान्माको चुनावलाई आसियानले मान्यता दिएन

सेबु– दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले म्यान्मामा हालै सम्पन्न

हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन

मुस्ताङ– भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक आज बिहानदेखि

पल शाहले भने- ‘आ बाट आमा’मा चाहेजस्तै भूमिका निर्वाह गर्न पाएँ

काठमाडौं– आजदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आ बाट आमा’ को

शंकर पोखरेलले भने- राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिलाई

आठपटक म्याद थप्दा पनि महावीर चोकसम्मको सडक अलपत्र

गोलबजार– आठौँपटक म्याद थप्दा पनि धनुषाको जनकपुर–कदम चोक–तीनकोरिया– सघारा–कमालपुल–पूर्व महावीर चोक