चर्चित अमेरिकी अभिनेताले गाडी पार्क गर्न झगडा गरेपछि... | Khabarhub Khabarhub

चर्चित अमेरिकी अभिनेताले गाडी पार्क गर्न झगडा गरेपछि…


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लस एन्जल्स– रेम्बो चलचित्रमा मुख्य भूमिकामा रहेका हलिउड सुपस्टार सेल्भिष्टर स्टालोन गाडी पार्किङ्गको विषयमा एकजना महिलासँग चर्को वादविवादमा उत्रिएका छन् ।

शुक्रबार क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरमा स्टालोनले पार्क गर्न चाहेको स्थानमा अर्कैं महिलाले लगेर गाडी पार्क गरेपछि रिसले मुर्मुरिएका स्टालोन ती महिलासँग सिधैं विवादमा उत्रिएका हुन् ।

आफूले पार्क गर्न चाहेको स्थानमा अर्कैले गाडी पार्क गरेको थाहा पाएर स्टालोन दायाँ बायाँ नहेरी सिधै त्यस गाडी नजिक गएर चर्को स्वरमा कराएका थिए । त्यसपछि गाडी पार्क गर्ने ती महिलाका निजी ड्राइभरसँग उनको भनाभन समेत भएको थियो ।

त्यसपछि ती महिलाले खैरो रंगको ट्राकसुटमा वलिष्ठ देखिएका स्टालोनसँग बहस गर्न नसकेर हिड्नु परेको हलिउडका समाचारमा आएका छन् । त्यसपछि स्टालोनले आफ्नो मर्सिडिज कार आफूले चाहेको ठाउँमा लगेर पार्क गरेका थिए ।

हलिउडको निकै नै लोकप्रिय रेम्बो चलचित्र सिरिजको मुख्य भूमिकामा रहेका स्टालोनको चलचित्र रेम्बोको अन्तिम पार्ट रेम्बो ः द लाष्ट ब्लड आगामी सेप्टेम्बर २० मा रिलिज हुँदैछ ।

उनी सर्वप्रथम सन् १९८२ मा रेम्बो चलचित्रको पहिलो पार्ट रेम्बो ः फष्ट ब्लडमा जोन रेम्बोको भूमिकामा देखिएका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ७ : ४४ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग