आनन्ददायी निन्द्राका लागि सुत्ने कोठाको वास्तु यस्तो राख्नुहोस् « Khabarhub

आनन्ददायी निन्द्राका लागि सुत्ने कोठाको वास्तु यस्तो राख्नुहोस्


१३ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- राम्रो निन्द्राका लागि अनुकूल वातावरण भयो भने मानिसलाई आनन्द मिल्छ । शारीरिक तथा मानसिक ऊर्जा प्राप्त गर्न  आनन्ददायी निन्द्राको आवश्यकता पर्छ ।

चिनियाँ शास्त्रमा आरामदायी निन्द्रा ऊर्जालाई एकत्रित गर्ने माध्यम हुने बताइएको छ ।  जुन स्थानमा दिनचर्याको एक तिहाइ समय व्यथित गर्छौं, उक्त स्थानमा यस प्रकारको शयन कक्षको व्यवस्था हुनु हो भने हामी घोडा बेचेर चैनको निन्द्रा लिन सक्छौँ । शिथिलतालाई कम  सक्छौं ।

शयन कोठामा फूलको उपयोग

फेन्ग शुईमा फूलबाट अग्नि तत्वको ऊर्जा उत्पन्न हुने मानिन्छ । त्यसैले शयक कक्षमा फूललाई राख्न उचित हुँदैन । शयन कक्षमा फूल रहेको अवस्थामा राम्रो निन्द्रा लाग्दैन । यद्यपि, दाम्पत्य जीवनमा नैरसता या रोमान्समा कमीको प्रतित भएमा शयन कक्षमा फूल उपयोगी सिद्ध हुन सक्नेछ ।

पानीको ट्यांकी

तपाईंको सुत्ने स्थानको ठीक माथि पानीको ट्यांकी रहेको छ भने त्यसबाट तपाईंको जीवनमा पृथकता, स्थिरता, निराशात्मकता, अकर्मण्यता, चिसोपना आउने आशंका रहन्छ ।

यस्तो अवस्थामा तपाईंले घरको छत मुनी कृत्रिम छत अथवा कपडा, काठ आदि लगाउनु उचित हुनेछ । यस्तो कुनै वस्तु लगाउनु होस्, जुन तपाईंको पलंगमाथि रहोस् । लामखुट्टे झुल लगाएर सुत्दा पनि आफु सुत्ने स्थानमाथि पानी ट्यांकी हुँदा पर्ने प्रभावको दुष्परिणाममा कमी आउने छ ।

आलिङ्गनयुक्त चित्रको प्रयोग

तपाईंको सुत्ने कोठामा स्नेह झल्काउने चित्रहरुको प्रयोग गर्नु उचित हुनेछ । एकअर्कालाई माया गरिरहेका हाँसका जोडी, आलिंगनयुक्त माछा, अन्य पंक्षी या पशुको चित्र जो हिंस्रक नहुन्, आपसमा स्नेहको मुद्रा झल्किएका तस्बिर राखेमा तपाईंको निन्द्रा आनन्ददायी हुनेछ ।

यस्ता वस्तु नराख्नुहोस् शयन कोठामा

सुत्ने कोठामा जल तत्वसँग सम्बन्धित कुनै पनि सामग्री या झल्काउने सामग्री राख्नु उपयुक्त हुँदैन । नदी, समुद्र तथा जल स्रोत चित्रित कुनै पनि तस्बिर नलगाउनुहोस् ।

द्रव्य पदार्थले भरिएका सामग्री पनि सुत्ने कोठामा नराख्नुहोस् । अर्थात राखी हाले पनि अत्यन्तै कम राख्नुहोस्, जस्तै दुग्ध, शर्बत तथा रक्सीको बोतल ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  १० : ०१ बजे

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको

भक्तपुरका बाटोबाटोमा धान

ख्वप– हिजोआज भक्तपुरमा  फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान

गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा बुधबार दिउँसो स्कारपियो दुर्घटना