बजेटको तयारी–वृद्धभत्ता पाँच सय र कर्मचारीको तलब २० प्रतिशत बढ्ने « Khabarhub

बजेटको तयारी–वृद्धभत्ता पाँच सय र कर्मचारीको तलब २० प्रतिशत बढ्ने


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज २०७६ साल जेठ १३ गते सोमबार । आज प्रकाशित नागरिक दैनिकले विप्लवको बलमे आफ्नै कार्यकर्ताको ज्यान लियो शीर्षकको समाचारलाई मुख्य समाचार बनाएको छ ।

त्यस्तै वृद्धभत्ता पाँच सय र २० प्रतिशत सम्म तलब बढ्ने शीर्षकको अर्को समाचार पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।

समाचारमा भनिएको छ– नेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको वाचा अनुसार आगामी वर्षको बटेजमार्फत सामाजिक सुरक्षाभत्ता कम्तीमा पाँच सय बढाउने तयारी गरेको छ ।

नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने भनेको थियो ।

अर्थमन्त्री युवराज खतिवडाले यो वर्ष सुरक्षाभत्ता मात्र नभइ सरकारी कर्मचारीको तलबभत्ता पनि बढाउने तयारी गरेका छन् । पूर्वअर्थमन्त्री विष्णु पौडेले २०७३ सालमा तल्लो तहका कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाएका थिए । त्यसपछिका तीन वर्षमा कर्मचारीको तलब बढेन । तर यसबीच महँगीभत्ता भने दुई हजार बढेको छ ।

‘तीन वर्षदेखि सरकारी कर्मचारीको तलब नबढेका कारण आगामी बजेटमा बढाउनुपर्ने बाध्यतामा अर्थमन्त्री हुनुहुन्छ’ अर्थमन्त्रालयका एक उच्चअधिकारीले भने ।

ती अधिकारीका अनुसार राजस्व वृद्धिदर चालु आवमा सरकारले सोचेअनुसार नभएको र आगामी वर्षमा पनि २५ प्रतिशत भन्दा माथि जान नसक्ने देखिएकोले बजेट बनाउन स्रोतको ठूलो चाप परेको छ ।

‘अहिलेको तलबमा उपल्लो तहकालाई १० प्रतिशत र तल्लो तहकालाई २० प्रतिशतभन्दा बढी बढाउन सकिँदैन । यो नै सबैभन्दा ठूलो बिन्दू हो’ अर्थका उच्च अधिकारीले भने ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ६ : ५७ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद