हतियार बोकेका विप्लवका कार्यकर्ताद्वारा यात्रुवाहक बसमा पेट्रोल छर्केर आगजनी « Khabarhub

हतियार बोकेका विप्लवका कार्यकर्ताद्वारा यात्रुवाहक बसमा पेट्रोल छर्केर आगजनी


१३ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् ।

गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघद्वरा सञ्चालित ना २ ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए ।

आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । बस जेलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।

विप्लव समूहले आज नेपाल बन्दको आयोजना गरेको छ । त्यसलाई सफल पार्न भन्दै देशका विभिन्न स्थानमा बम राखिएको फेला परेको छ ।
हैटौंडा र नवलपुरमा दुई ट्रकमा आगजनी गरिएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  ८ : २३ बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी