५१ वर्षीय तामाङ बने सिक्कमको नयाँ मुख्यमन्त्री « Khabarhub

५१ वर्षीय तामाङ बने सिक्कमको नयाँ मुख्यमन्त्री


१३ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गान्तोक– भारतको एक मात्र नेपाली भाषी बाहूल्य राज्य सिक्किमको नयाँ मुख्यमन्त्रीका रुपमा प्रेम सिंह तामाङ (पीएस गोले)ले नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् ।

सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ५१ वर्षीय गोलेले स्थानीय समयानुसार विहान १० बजे गभर्नर गंगा प्रसादबाट मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका हुन् ।

स्थानीय पाल्जोर रंगशालामा आयोजित मुख्यमन्त्रीको शपथ ग्रहणमा गोलेका पार्टीका कार्यकर्ता र शुभचिन्तकको बाक्लो उपस्थिति थियो ।

मुख्यमन्त्रीको शपथ ग्रहण गरेसँगै गोलेले आजै मन्त्रिपरिषद पनि विस्तार गर्ने जनाइएको छ । उनले ११ सदस्यीय मन्त्रिपरिषद विस्तार गर्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत बिहीबार सम्पन्न विधानसभा निर्वाचनको मतगणनामा गोले नेतृत्वको एसकेएमले १७ सिट हासिल गरेको थियो । २५ विधानसभा सिट रहेको सिक्किममा यसअघि सत्तामा रहेको पवन चाम्लिङको दल सिक्किम डेमोक्र्याटिक फन्ट भने १५ सिटमा खुम्चिएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  १० : ५० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल