एट्लान्टा क्लब इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगका लागि छनोट « Khabarhub

एट्लान्टा क्लब इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगका लागि छनोट


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


इटालीयन क्लब एट्लान्टा क्लब इतिहासमै पहिलो पटक युइएफए च्याम्पियन्स लिगका लागि छनोट भएको छ । सिरी ‘ए’ मा सोमबार बिहान भएको लिगको अन्तिम खेलमा सस्सोउलोलाई ३–१ गोल अन्तरले पराजित गर्दै एट्लान्टाले पहिलो पटक च्याम्पियन्स लिगको यात्रा शुनिश्चित गरेको हो ।

एट्लान्टाको ११२ वर्ष क्लब इतिहासमा पहिलो पटक सिरी ‘ए’ मा इटर मिलान, एसी मिलान र रोमाभन्दा अंक तालिकामा अगाडि रहेको पनि यो पहिलो पटक हो ।

सस्सोउलोले एट्लान्टाविरुद्ध १९ औं मिनेटमा गोल गरेको थियो । जुन गोल बेरर्दीले गोल गरेका थिए । त्यसपछि लगातार एट्लान्टाका खेलाडीले विपक्षीको पोष्टमा तीन गोल गरेपछि ससेउलो पराजित भयो ।

जसमा एट्लान्टकाका लागि दुभान जाप्टाले ३५ औं मिनेटमा, पपु गोमेजले ५३ औं मिनेटमा र मारियो पसलीकले ६५ औं मिनेटमा गोल गर्दै टिमलाई ३–१ को अवस्थामा पु¥याएका थिए ।

एट्लान्टाले घरेलु मैदानमा पाहुना टोलीलाई पराजित गर्दा इन्टरले त्रिउमफेडलाई २–१ गोल अन्तरले पराजित ग¥यो भने इमपोली रेलिगेशनमा पेको छ ।

च्याम्पियन्स लिगमा स्थान बनाएको एट्लान्टाले ३८ खेलबाट ६९ अंक बनाउँदा इन्टर मिलानले पनि समान ३८ खेलबाट ६९ अंक नै बनायो तर, गोल अन्तरले एट्लान्टा अगाडि हुँदा युरोपका लागि टिकट पायो ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ११ : २३ बजे

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत १ गते आइतबार चैत

आज २०८२ साल चैत १ गते आइतबारको राशिफल

काठमाडौँ- आज २०८२ साल चैत १ गते आइतबार चैत कृष्ण

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा