प्रबल गुरुङले करण जोहरसँगको सम्बन्धलाई लिएर दिए यस्तो प्रतिक्रिया, भने - दु:खी छु | Khabarhub Khabarhub

प्रबल गुरुङले करण जोहरसँगको सम्बन्धलाई लिएर दिए यस्तो प्रतिक्रिया, भने – दु:खी छु


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नेपाली मूलका अमेरिकन डिजाइनर प्रबल गुरुङ र बलिउड फिल्ममेकर करण जोहरबीचको सम्बन्धका बारेमा गसिप चल्न थालेपछि प्रबलले खण्डन गरेका छन् । भारतीय फिल्ममेकर करण जोहरको जन्मदिनमा प्रबल गुरुङले शेयर गरेको तस्वीर र क्याप्सनले प्रबल र करण दुई प्रेमसम्बन्धमा रहेको भन्दै समाचार तथा गसिप बनेपछि प्रबल तनावमा परेका छन् ।

प्रबलले एक करण जोहरसँग अंकमाल गरेको तस्वीर शेयर गर्दै लेखेका थिए, ‘प्रेम गरेपछि किन डराउने, जन्मदिनको शुभकामना केजो ।’

 

View this post on Instagram

 

Pyaar Kiya To Darna Kya. Happy birthday KJo.

A post shared by Prabal Rana Gurung (@troublewithprabal) on

प्रबलको यो जन्मदिनको शुभकामनापछि करण र प्रबल प्रेमसम्बन्धमा रहेको हल्ला चलेको थियो । यस्ता समाचार भाइरल भएपछि करणले पनि हल्ला भएको प्रतिक्रिया दिएका थिए । समाचारले प्रबललाई पनि निकै तनाव पु–याएको छ । उनले सामाजिक सञ्जालका माध्यमबाट लामो सन्देश लेख्दै करण जोहरलाई आफूले दाइका रुपमा माया गरेको बताए ।

‘जुन हल्ला चलिरहेको छ, त्यो हल्लाका कारण म एकदमै दुःखी छु, करण जोहरसँगको रसरंग सम्बन्धको हल्ला चलिरहेको छ, त्यसमा कुनै सत्यता छैन,’ प्रबलले भने, ‘मैले पछिल्लो समय अपलोड गरेको इन्स्टाग्राम पोस्ट बलिउडप्रतिको मेरो माया मात्र हो, करण जोहर मेरा मिल्ने साथी हुन्, गुरु हुन्, मेरा दाइसमान हुन् ।’

प्रबलले करण जोहरलाई आफूले ‘ठूल्दाइ’ समान मानेर माया गर्ने गरेको बताए ।

पछिल्लो समय करण जोहर र प्रबल गुरुङ सम्बन्धमा रहेको भन्ने समाचार अन्तराष्ट्रिय मिडियामा समेत गसिप बनेका थिए । केही समयअघि करण र प्रबलको भेट भएको थियो । दुवैले केही समय साथै बिताएका थिए ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १२ : ३७ बजे

गगनको प्रतिक्रिया- सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल बन्द

भारतमा वस्तु सेवा करमा भारी कटौती, नेपालमा कस्तो प्रभाव पर्ला ?

काठमाडौं– बुधबारदेखि भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी)मा भारी

खोलियो स्वेत भैरवका झ्यालहरू (तस्बिरहरू)

काठमाडौं– काठमाडौं दरबार स्क्वायरस्थित हनुमान ढोकामा रहेको भगवान् शिवको एक

एनआईसी एशियाका ग्राहकलाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा १५ प्रतिशत छुट 

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा स्वास्थ्य

नेपाल र बङ्गलादेशबीच हुने खेलको तयारी पूरा

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोली र बङ्गलादेशको राष्ट्रिय पुरुष फुटबल