सांसदहरुको प्रश्न– काठमाडौंमै बम विस्फोट भएको छ, सरकार खोज्न कहाँ जानुपर्ने हो ? « Khabarhub

सांसदहरुको प्रश्न– काठमाडौंमै बम विस्फोट भएको छ, सरकार खोज्न कहाँ जानुपर्ने हो ?


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै कांग्रेसका सांसदहरुले राजधानीमा नै बम विस्फोटनमा परि सर्वसाधरणले ज्यान गुमाइरहेको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको आरोप लगाए ।

सांसदहरुले सरकारलाई दुई तिहाइको दम्भ देखाउन छाडेर जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गराउन आग्रह गरे ।

नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले राजधानीमा दिउँसै बम विस्फोटमा परि सर्वसाधरणको ज्यान गएको भन्दै सुरक्षाको प्रत्याभुति गर्न सरकारले नसकेको बताइन् ।

दुई तिहाइको सरकार भएको बेलामा पनि राजधानीकै नागरिक अशुरक्षित भएपनि देशको अन्य स्थानका नागरिकको अवस्था कस्तो होला भन्दै उनले प्रश्न गरिन् । उनले भनिन् “सरकार किन चुप ? सरकार किन निदाएको छ ? नेपाली जनताले सरकारलाई खोज्न कहा जानुपर्ने सभामुख महोदय ?”

सांसद लालकाजी गुरुङ्गले पाँचथर देखि राजधानीको घट्टेकुलो सम्म श्रृंखलाबद्ध बम विस्फोट भइरहेको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति गर्न सरकारले नसकेको बताइन् ।

दुई तिहाईको दम्भले मात्रै जनताले शान्ति सुरक्षाको महसुस गर्न नसक्ने उनको भनाइ थियो ।

सांसद बहादुर सिंह लामाले सरकारले शान्ति सुरक्षा दिन नसकेको भन्दै दुई तिहाईको दम्भ नदेखाई वार्तामार्फत समस्या समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद शान्ता चौधरीले शान्ति सुरक्षाको प्रत्याभुतिका लागि ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद सिता देवी यादवले दिनदहाडै राजधानीमा बम विस्फोटमा परि सर्वसाधरणको हत्या भइरहदा पनि सरकार के अर्धनिन्द्रामा छ ? भनी प्रश्न गरिन् ।

सांसद सुजाता परिवारले सरकारले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको टिप्पणी गरिन् । सिंहदरबार नजिकै बम विस्फोट हुनु , पाँचथरमा ९ जनाको हत्या लगायत मुलुकभर विस्फोटका घटना भइरहनुले मुलुकको शान्ति सुरक्षाको स्थिति कमजोर भएको पुष्टि भएको बताइन् ।

सांसद हिरा गुरुङ्गले शान्ति सुरक्षा नदिने सरकारसंग के विकासको आशा गर्ने भनी प्रश्न गरे ।

सांसद ज्ञान कुमारी छन्त्याल ले सरकारले राजधानीकै सुरक्षा व्यवस्था चुस्त राख्न नसकेको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १२ : ३३ बजे

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले

कोइराला किल्ला भत्काउने रुबिना भन्छिन्– ‘निर्वाचित विषय विज्ञ सांसदलाई मन्त्री बनाउनुपर्छ’

काठमाडौं- २२ वर्षदेखि उज्वल थापाको ‘नेपाल खुल्ला छ’ अभियानमा जोडिएकी

नेपालमा पर्याप्त आइरहेको छ ग्यास-तेल, सरकार चुपलाग्दा उपभोक्तालाई सास्ती

काठमाडौं- अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको दुई हप्ता बढी समय भएको