संसदमा गृहमन्त्रीको जवाफ– विस्फोट गराउनेलाई नागरिक भन्न मिल्दैन | Khabarhub Khabarhub

संसदमा गृहमन्त्रीको जवाफ– विस्फोट गराउनेलाई नागरिक भन्न मिल्दैन


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा (बादल)ले आइतबार काठमाडौंका विभिन्न ठाउँमा भएका विस्फोटमा मृत्यु भएका व्यक्ति (नागरिक) नभएको बताएका छन् ।

सर्वसाधारणलाई लक्षित गरी विस्फोट गर्ने गरी विस्फोटक पदार्थ बनाउँदै गर्दा पड्केर उनीहरुको ज्यान गएको गृहमन्त्रीको भनाइ छ ।

विस्फोटमा घटना घटाउन खोज्ने व्यक्तिको ज्यान गएको उल्लेख गर्दै गृहमन्त्री थापाले उनीहरु नागरिक नभएको पनि बताए ।

सोमबारको प्रतिनिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नजको जवाफ दिने क्रममा गृहमन्त्री थापाले भने, ‘ती (विस्फोटमा मारिएका व्यक्ति) सामान्य नागरिक होइनन् भन्ने हो, ती जनता होइनन् ति घटना घटाउन खोज्ने हुन् ।’

राजधानीका २ ठाउँ (सुकेधारा र घट्टेकुलो)मा विस्फोटक पदार्थ बनाउँदै गर्दा विस्फोट भएको गृहमन्त्री थापाले संसदलाई जानकारी गराए ।

‘विस्फोटक पदार्थ बनाउन खोज्दा विस्फोट भएको छ । दुई ठाउँमै विस्फोटक पदार्थ बनाउने विस्फोट भएर उनीहरुको मृत्यु भएको हो,’ गृहमन्त्री थापाले भने ।

विस्फोटन गराउने, गैरकानूनी र आपराधिक क्रियाकलाप गर्ने/गराउने व्यक्तिलाई नागरिक भन्न नमिल्ने पनि गृहमन्त्री थापाको भनाइ थियो ।

यसअघि सोमबारकै संसद बैठकमा बोल्ने क्रममा गृहमन्त्री थापाले विस्फोटका क्रममा नागरिकको मृत्यु नभएको बताएका थिए । गृहमन्त्रीको उक्त भनाइप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरुले विस्फोटमा मारिएकाहरु नेपाली नागरिक नभइ को हुन् ? भनि प्रश्न गरेका थिए ।

जवाफमा गृहमन्त्री थापाले भने, ‘विस्फोटन गराउने, गैरकानूनी र आपराधिक क्रियाकलाप गर्ने/गराउने व्यक्तिलाई जनता भन्न मिल्दैन, शव्दको चयनमा कमी भएको हुन सक्छ, ति घटनासँग सम्बन्धित मानिस हुन् ति सामान्य नागरिक भन्ने हो ।’

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १२ : ४० बजे

२९ अंकले बढ्यो नेप्से, कति भयो कारोबार ?

काठमाडौं–सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.९१ अंकले बढेको छ ।

सुपारी निकासी प्रवर्द्धनमा जोड

काठमाडौं –  सांसदहरूले सुपारी खेती प्रवर्द्धनमार्फत निकासा बढाउन आवश्यक रहेकामा

परीक्षणका लागि ‘कोर कटिङ’ नमूना प्रयोगशालामा

काठमाडौं – काठमाडौँ महानगरपालिकाले निर्माण भएका एवं मर्मत भएका सडकहरूको

सरकार सात बुँदे सहमति अनुसार चल्न सकेन : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार निर्माण हुँदाको

सहकारी ठगीमा दीपेश : बचतकर्तालाई झुक्याएर लाभ लिए, जीबीको गैरकानुनी कारोबारमा साक्षी बसे

काठमाडौं– पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशले झूटो विवरण दिएर