करिष्मा भन्छिन् – देशलाई शैतानको हातको पुतलीजस्तो नबनाऔँ | Khabarhub Khabarhub

करिष्मा भन्छिन् – देशलाई शैतानको हातको पुतलीजस्तो नबनाऔँ


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका करिष्मा मानन्धरले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको पक्षमा बम पड्काउँदै हिँड्नेलाई नेपाली जनताको जीवन जोखिममा नपार्न आह्वान गरेकी छिन् । उनले सरकार गिराउन विपक्षीको साँचो नबन्न पनि कार्यकर्तालाई आग्रह गरेकी छिन् ।

‘हजुरहरुको नेता जानेर होस् या नजारेर, अहिलेको सरकार गिराउन दाजुभाइहरु विपक्षीको खेलको साँचो भइरहनुभएको छ, जुन बाहिरी शक्तिको स्वार्थबाट सञ्जालित छन्,’ करिष्माले भनिन्, ‘आफ्नो र नेपाली जनताको जीवन जोखिममा नपार्नूस् ।’

साथै करिष्माले नेपालमा विगतका राजनीतिक परिघटनाबाट पनि धेरै कुरा सिक्न सकिने बताएकी छिन् । उनले विप्लवले गरेका विष्फोटहरुलाई सरकार ढाल्ने खेलका रुपमा लिएको बताएकी छिन् । करिष्माले आफ्नो देशलाई आन्दोलित बनाएर दुःखी नबनाउन समेत विप्लव समूहलाई अनुरोध गरेकी छिन् । ‘देशलाई शैतानको हातको पुतली नबनाऊँ, नेपाल रहे नेपाली रहन्छौँ,’ करिष्माको भनाइ छ ।

विप्लव समूहले आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेलाई प्रहरीले हत्या गरेको विरोधमा जेठ १३ गते (आज) नेपाल बन्दको घोषणा गरेको थियो । बन्दको ठीक एकदिन पहिले काठमाडौंको घट्टेकुलो र सुकेधारामा बम बिस्फोट हुँदा ४ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १२ : ५० बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार