वार्तामा आउन विप्लवलाई सरकारको आह्वान « Khabarhub

वार्तामा आउन विप्लवलाई सरकारको आह्वान


१३ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहलाई वार्तामा आउन आह्वान गरेका छन् ।

संसद बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृह मन्त्री थापाले कानून मिचेकाले, गैरकानूनी काम गरेका कारण उनीहरुलाई कानूनी दायरामा ल्याउनेर वार्ताको माध्यमबाट शान्तिपूर्ण राजनीतिमा ल्याउने काम गरिरहेको दाबी गरे ।

संसदमा मन्त्री थापाले विप्लव नेतृत्वको नेकपाले जनसरकारको रुपमा जनपरिषद र जनसेनाको रुपमामा ४ वटा कम्पनी दर्ता गरेर अवाञ्छित गतिबिधि गरिरहेको जानकारी सरकारले पाएको भन्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्ने पहल भइरहेको समेत जानकारी दिएका छन् ।

उनले भने,‘ नेकपा विप्लव भनिने समुहलाई नियन्त्रण गरेर वार्ताको प्रयास अगाडि बढाइरहेका छौँ । उनीहरुलाई मूलधारमा ल्याउन, उनीहरुका गतिबिधिहरु नियन्त्रण गर्न राज्य प्रयाससरत छ ।’

संसदमा गृहमन्त्री बम विस्फोटका क्रममा मारिनेहरु जनता नभएको भनेपछि संसदमा सांसदहरुले त्यसप्रति आपत्ति प्रकट गरेका छन् ।

कांग्रेस सांसद देवेन्द्रराज कँडेलले मन्त्री थापाले भनेको नागरिक हैनन् भन्ने शब्द रेकर्डबाट हटाउन माग गरे । जवाफमा सभामुख कृष्णबहादुर महराले संसदको ध्यानाकर्षण भएको बताए ।

संसदमा समसामयिक विषयमाथि बोल्ने क्रममा मन्त्री थापाले हिजो विभिन्न स्थानमा भएका बम विस्फोटमा ज्यान गुमाएका मानिस सामान्य नागरिक नभएको बताएका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  १२ : ४४ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ