बेलायतले आफ्ना नागरिकलाई भन्यो– नेपालमा रहँदा सचेत रहनु « Khabarhub

बेलायतले आफ्ना नागरिकलाई भन्यो– नेपालमा रहँदा सचेत रहनु


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा हालै भएका बम विष्फोटलाई मध्यनजर गर्दै बेलायतले नेपालमा रहेका आफ्ना नागरिकलाई सचेत रहन सल्लाह दिएको छ ।

आइतबार काठमाडौंमा भएका बम विष्फोटमा मानिसहरुको हताहती भएको समाचार आइरहेको भन्दै बेलायत सरकारले आफ्ना नागरिकलाई सचेत रहन सल्लाह दिएको हो । बेलायतले आफ्ना नागरिकलाई हुलमुलबाट जोगिनसमेत सल्लाह दिएको छ ।

त्यस्तै, सोमबार ‘स्थानीय सानो समूह’ ले देशव्यापी बन्द आह्वान गरेको तथा नेपालमा प्रदर्शन, बन्दलगायतका गतिविधि नियमित हुने गरेको भन्दै बेलायतले यस्तो अवस्थामा प्रदर्शनकारी र सुरक्षा निकायबीच झडप हुनसक्ने भएकाले यस्ता प्रदर्शनबाट जोगिन समेत आह्वान गरेको छ ।

बेलायतले आफ्ना नागरिकलाई कुनै समूहले व्यापार, गैरसरकारी संस्था र स्थानीय तथा अन्तर्राष्ट्रिय विद्यालयमा धम्की दिएर चन्दा मागिनसक्ने भन्दै सगज रहन आग्रह गरेको छ ।

हरेक वर्ष बेलायतबाट ४० हजार भन्दा धेरै बेलायती नागरिक नेपाल आउने गरेको र अधिकांश बेलायतीले बिना कुनै समस्या नेपालको भ्रमण गर्ने गरेको भन्दै बेलायत सरकारले आफ्ना नागरिकलाई नेपालमा कुनै समस्या परेमा प्रहरीलाई १०० मा तथा वारुण यन्त्रलाई १०१ मा सम्पर्क गर्न समेत आह्वान गरेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १ : २५ बजे

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।