४ घण्टाको अप्रेशनपछि पेटबाट निकालियो चम्चादेखि ढोकाको चुकुलसम्म « Khabarhub

४ घण्टाको अप्रेशनपछि पेटबाट निकालियो चम्चादेखि ढोकाको चुकुलसम्म


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतका चिकित्सकहरुले ४ घण्टा लामो शल्यक्रिया पछि एकजना बिरामीको पेटबाट चम्चा, स्क्रु ड्राइभर, दाँत माझ्ने ब्रस, चक्कु र ढोकाको चुकुल निकालेका छन् ।

भारतको हिमाञ्चल प्रदेशको मण्डी जिल्लास्थित लालबहादुर शास्त्री सरकारी मेडिकल कलेजका डाक्टरहरुले मानसिक सन्तुलन गुमाएका एकजनाको पेटबाट ती सामानहरु बाहिर निकालेका हुन् ।

मानसिक सन्तुलन गुमाएका बिरामी २५ वर्षे करण सेन रहेको बताइएको छ । उनले केही समयअघि बेस्सरी पेट दुखेको गुनासो गरेका थिए । उनको पेटमा मासु पलाएको हुनसक्ने भन्दै चिकित्सकहरुले गरेको एक्स रे तथा रेडियोग्राफी परीक्षणबाट बाहिरी सामानहरु उनको पेटमा रहेको फेला पारेका थिए ।

बिरामीले विगत २० वर्षअघि मानसिक सन्तुलन गुमाएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी हाल खतरामुक्त रहेको मेडिकल कलेजले जनाएको छ । उनको पेटबाट ८ वटा चम्चा, दुई स्क्रु ड्राइभर, दुई दाँत माझ्ने ब्रस, एउटा भान्सामा प्रयोग हुने चक्कु, र ढोकाको एउटा चुकुल फेला परेको थिया ।

त्यस मेडिकल कलेजमा यस्तो किसिमको शल्यक्रिया पहिलोपटक भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १ : ४८ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,