जेठ १३ गतेलाई शहीद पत्रकार स्मृति दिवसका रुपमा मनाइने « Khabarhub

जेठ १३ गतेलाई शहीद पत्रकार स्मृति दिवसका रुपमा मनाइने


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– पत्रकार कृष्ण सेन ‘इच्छुक’ मारिएको दिन (जेठ १३ गते)लाई नेपाल पत्रकार महासंघले शहीद पत्रकार स्मृति दिवसका रुपमा मनाउने भएको छ ।

पहिलोपटक सोमबार (जेठ १३ गते) शहीद पत्रकार स्मृति दिवस मनाएको महासंघले अब हरेक वर्ष स्मृति दिवस मनाउने जनाएको हो ।

सोमबार आयोजित स्मृति सभामा बोल्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकार इच्छुक मारिएको दिन जेठ १३ गतेलाई महासंघले हरेक वर्ष महासंघका सबै तहमा शहीद पत्रकारको सम्मानमा स्मृति दिवस मनाइने बताए ।

नेपालमा पत्रकारहरु पत्रकारिता गरेकै कारण मारिएका तथा वेपत्ता पारिएको हुँदा घटनाका दोषीलाई कारबाही नभएसम्म महासंघले आवाज उठाइरहने पनि महासंघका अध्यक्ष आचार्यले बताए ।

पत्रकार महासंघको केन्द्रीय कार्यालय, काठमाडौंको सञ्चारग्राममा आयोजित स्मृति सभामा बोल्दै महासंघका उपाध्यक्ष विपुल पोख्रेलले मारिएका तथा वेपत्ता परिएका पत्रकारको न्यायका लागि सधैं लागिरहने बताए ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका सदस्य ईश्वरी ओझाले जुनसुकै पृष्ठभूमिमा बनेका सरकार आए पनि पत्रकारहरु त्यसको सिकार बन्नुपरेको बताए ।

नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजिर मगरले शहीद तथा वेपत्ता पत्रकारका सदस्यको सहभागितामा आगामी दिनमा स्मृति दिवस मनाउनुपर्ने बताए ।

कार्यक्रमका संयोजक जन्मदेव जैसीले नेपालमा द्वन्द्वकालदेखि हालसम्म ३७ जना पत्रकार मारिएका तथा ५ जना पत्रकार वेपत्ता रहेको भन्दै त्यसको न्यायका लागि आवज उठाउन महासंघले कार्यक्रमको आयोजना गरेको बताए ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ३ : ५४ बजे

रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह