आफ्नो विवाह गराइदिने पण्डितसँगै भागिन् २१ वर्षीया दुलही « Khabarhub

आफ्नो विवाह गराइदिने पण्डितसँगै भागिन् २१ वर्षीया दुलही


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


विवाह भएको १५ दिनमै एक दुलही आफ्नो विवाह गराउने पण्डितसँगै भागेकी छन् ।

यो घटना भारतीय राज्य मध्य प्रदेशको हो । मध्य प्रदेशको सिरोन्ज शहरअन्तर्गत टोरी बागरोदमा एक दुलही विवाहको १५ दिनपछि आफ्नो विवाह गराइदिने पण्डितसँग भागेकी हुन् ।

यो घटना त्यो दिन भयो, जुन दिन भारतमा लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै थियो ।

दैनिक भास्करको समाचारका अनुसार २१ वर्षीया ति दुलहीको विवाह मे ७ तारिखमा भएको थियो । विवाहपछि युवती पहिलोपटक आफ्नो माइती आएकी थिइन् । माइती आएको बेला २३ मेको राति युवती पण्डित (विनोद महाराज)सँग भागेकी हुन् ।

समाचारअनुसार विनोद विवाहित व्यक्ति हुन् । उनका २ सन्तान रहेका जनाइएको छ ।

प्रहरीले पण्डितसँग भागेकी युवती र पण्डितको खोजी गरिरहेको जनाएको छ । दुलहाको परिवारले भने विवाहित युवतीले आफूहरुले दिएको करिब डेढ लाख रुपैयाँ बराबरको गहना र ३० हजार रुपैयाँ नगद लगेको बताएका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ४ : २९ बजे

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान