२०२० जनवरीबाट विन्डोज सेभेन अपडेट नहुने « Khabarhub

२०२० जनवरीबाट विन्डोज सेभेन अपडेट नहुने


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- माइक्रोसफ्ट कम्पनीले आफ्नो उत्पादन विन्डोज सेभेनमा गर्दै आएको प्राविधिक सहयोग अब चाँडै बन्द गर्ने भएको छ ।

कम्पनीले १४ जनवरी २०२० सम्ममा विन्डोज सेभेनलाई गर्दै आएको सम्पूर्ण प्राविधिक सहयोग बन्द गर्ने घोषणा गरेको हो । माइक्रोसफ्ट अफिसका धेरैजसो प्रयोगकर्ताहरुले विन्डोज सेभेनलाई अत्यधिक रुपमा रुचाइ रहेको अवस्थामा कम्पनीको यस्तो घोषणाले दुखित बनाएको छ ।

कम्पनीले भने विन्डोज टेनमा उपभोक्ताहरुलाई अपडेट गर्न आग्रह गर्दै यसअघि सूचना प्रकाशित गरिसकेको छ । माइक्रोसफ्ट वेबसाइटका अनुसार विन्डोज सेभेनका प्रयोगकर्तालाई आफ्नो पुरानो सिस्टममा विन्डोज सेभेन चलाउन सक्ने जानकारी दिइएको छ ।

कम्पनीले विन्डोज दश अपडेट गरेपछि आफ्नो प्रयोगकर्तालाई नयाँ पिसी खरिद गर्न सुझाव दिएको छ । कम्पनीले निर्धारित समय सकिएपछि पनि विन्डोज सेभेन चलाउन भने मिल्ने जनाएको छ । त्यसमा प्राविधिक अपडेट भने हुने छैन । जसका कारण सफ्टवेयर तथा सुरक्षा अपडेट नहुँदा भाइरस तथा मालवेयरको खतरा रहने छ । सुरक्षित रहनका लागि विन्डोज टेन प्रयोग गर्न उपयुक्त हुनेछ ।

यसको सबै फिचरको रमाइलो लिन नयाँ कम्प्युटर लिनु पर्ने कम्पनीले जनाएको छ । यद्यपि, तपाईंले पुरानो कम्प्युटरमा पनि विन्डोज टेन प्रयोग गर्न सक्नु हुनेछ । तर यसको सबै फिचरको अनुभव लिन चाहनु हुन्छ भने नयाँ कम्प्युटर आवश्यक हुने कम्पनीको भनाइ छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ६ : ४० बजे

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको

अपर ठूलोखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय लाइनमा जोडियो

म्याग्दी– २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट

तनहुँको घुमाउनेमा पुल नबन्दा सास्ती

तनहुँ– प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको

इरानका नयाँ सर्वोच्च नेता बारे ट्रम्पको आशंका- ‘सुन्दैछु उनी जीवित छैनन्’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही गरिने

कालीकोट– जिल्ला प्रशासन कार्यालय कालीकाटले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको