करिष्माले छाडिन् बाबुरामको साथ, पार्टी परित्यागको घोषणा « Khabarhub

करिष्माले छाडिन् बाबुरामको साथ, पार्टी परित्यागको घोषणा


१३ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – अभिनेत्री करिष्मा मानन्धरले डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीमार्फत राजनीतिक यात्रा शुरु गरेकी थिइन् । उनले राष्ट्रमा नयाँ शक्तिको खाँचो भएको भन्दै राजनीति थालेकी थिइन् । तर, राजनीतिमा लागेको ४ वर्षपछि करिष्माले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।

तत्कालीन नयाँ शक्तिकी नेतृ करिष्माले राजनीति छोडेको बताएकी हुन् । नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेत्तृत्वको संघीय समाजवादी फोरमबीच एकता भएपछि करिष्मा निष्क्रियजस्तै थिइन् । यसैबीच करिष्माले मौखिक रुपमा राजीनामा दिएको बताएकी छिन् । लिखित रुपमा भने राजीनामा दिन बाँकी रहेको उनले बताइन् ।

उनले व्यक्तिगत व्यस्तताका कारण राजनीतिदेखि टाढा हुने निर्णय गरेको जानकारी गराइन् । गत चैतमा एसईईको परीक्षा दिएर बसेकी करिष्मा राजनीतिक र सामाजिक विषयमा आफ्ना अभिव्यक्ति दिने गर्छिन् । पछिल्लो समय उनी फिल्म क्षेत्रबाट भने टाढा छिन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  ६ : ३४ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर