ईयू संसदीय निर्वाचनमा राष्ट्रवादीको प्रभावशाली प्रदर्शन « Khabarhub

ईयू संसदीय निर्वाचनमा राष्ट्रवादीको प्रभावशाली प्रदर्शन


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स– हालै सम्पन्न युरोपेली युनियन ईयू अन्तर्गत युरोपेली संसद्को निर्वाचनमा राष्ट्रवादी तथा उग्र दक्षिणपन्थी धारका दलहरुलाई उल्लेख्यीय सफलता मिलेपनि ईयु पक्षधर समूहकै बहुमत आउने देखिएको छ ।

गत बिहीबार तथा आइतबार युरोपेली युनियनका २८ मुलुकमा भएका निर्वाचनमा बेलायत, हंगेरी, फ्रान्स, पोल्याण्ड तथा इटालीमा राष्ट्रवादी र उग्र दक्षिणपन्थी पार्टीले प्रभावशाली प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हालै प्रकाशित नतिजा अनुसार उनीहरुले युरोपेली संसदको ७५१ सिटमध्ये एक चौथाई सिट जितेको जनाइएको छ । बेलायतमा नाइजल फराजको ब्रेक्जिट पार्टी, फ्रान्समा मरिन ले पेनको नेशनल फ्रन्ट, इटालीमा मात्तेओ साल्भिनीको नर्दन लिगसहित पोल्याण्ड र हंगेरीका राष्ट्रवादी तथा दक्षिणपन्थी पार्टीहरुले यसअघिको भन्दा राम्रो प्रदर्शन गरेको जनाइएको छ ।

पछिल्लो नतिजा अनुसार मध्य दक्षिणपन्थी दलहरुको समूह युरोपियन पिपुल्स पार्टी इपीपीमा आबद्ध दलहरुले १८० सिट, प्रजातान्त्रिक समाजवादीहरुले १४६ सिट, युरोपेली लिबरलहरुले १०९, युरोपेली ग्रिन पार्टीहरुको समूहले ६९, कन्जरभेटिभहरुले ५९, दक्षिणपन्थी राष्ट्रवादीहरुले ५८, पपुलिष्टहरुले ५४, बामपन्थीहरुले ३९, स्वतन्त्रहरुले ८ तथा अन्यले २९ सिट जितेक छन् ।

पछिल्लो नतिजाअनुसार मध्य दक्षिणपन्थी पार्टीहरुको समूहले लोकतान्त्रिक समाजवादी, लिबरल र ग्रिनहरुसँग मिलेर गठबन्धन बनाउने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ७ : ५३ बजे

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक