१२ वर्षको प्रयासपछि विश्वकै पहिलो उड्ने कार तयार « Khabarhub

१२ वर्षको प्रयासपछि विश्वकै पहिलो उड्ने कार तयार


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैज्ञानिकहरुले विश्वकै पहिलो उड्ने कार तयार पारेका छन् । करिब १२ वर्षको निरन्तर प्रयासपछि विश्वकै पहिलो उड्ने कार तयार पारिएको हो ।

कार निर्माता कम्पनिले अमेरिकाबाट अर्को महिनादेखि यसको अग्रिम–बुकिङ गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ग्राहकले भने अर्को वर्षदेखि मात्रै यो कार घर लान पाउने छन् । एक मिनेट भन्दा कम समयमा स्वचालित रुपमा उडान भर्नसक्ने क्षमताको यो कारको गति २०० किमी प्रतिघन्टाभन्दा धेरै रहेको जनाइएको छ ।

‘हाइब्रिड–इलेक्ट्रिक’ कारको निर्माण भल्भोको भगिनी कम्पनी टेर्राफुगियाले गरेको हो। कम्पनीले हलुका स्पोर्ट बाहनहरुको कम्पनीले उत्पादन गर्दै आएको छ। संचार माध्यमहरुका अनुसार कम्पनीले तत्कालै यसको मूल्य तोकेको छैन। तर, एउटा कारको अनुमानित लागत २ लाख ७९ हजार अमेरिकी डलर रहेको जनाइएको छ।

सन् २००६ मा निर्माण थालेको कम्पनिले तीन वर्षपछि बल्ल यसको पहिलो परिक्षण उडान गरेको थियो। त्यसपछि कारको परिक्षण र परिमार्जन कम्पनीले सँगसँगै जारी राखेको थियो। पहिले दुईजना बोक्ने गरी बनाइएको यो कारमा चारजना अट्ने गरी विकसित गरिएको छ।

टेर्राफुगियाका अनुसार यो कारले १६० किलोमिटरप्रतिघन्टाको वेगमा ६४० किलोमिटरसम्म उडान भर्न सक्छ। बजारमा उपलब्ध हुने बेलासम्म यसमा थप सुधार र परिमार्जन गरिने कम्पनीले जनाएको छ। यसमा सिट थप्ने, लगेज स्टोरेज बढाउने, सिट बेल्ट र एयरब्याग्समा सुधार गर्नेगरि काम भईरहेको छ। यसमा जडान गरिएको ‘रियर–भ्यु’ क्यामेरा र एउटा नयाँ पारासुट प्रणालीले कारलाई उन्नत बनाई दिएको छ।

आपातकालिन अवस्थामा पारासुटले यात्रुलाई सुरक्षित अवतरणका लागि सहयोग गर्नेगरी कार तयार पारिएको जनाइएको छ । यात्रा शुरु गर्नुअघि कारमा जडित कम्प्युटरमा यात्रुले आफ्नो गन्तव्य टाइप गर्नुपर्नेछ। रनवे नचाहिने, चालकको पनि आवश्यकता नपर्ने भएकाले व्यापारिक र आकस्मिक प्रयोजनमा यो कोशेढुंगा सावित हुने विश्वास लिइएको छ।

कार साना विमानस्थलमा अवतरण गर्न र घरसम्म सजिलै ड्राइभ गर्न सक्ने भएकाले उपभोक्ताले बढी रुचाउने दाबी गरिएको छ। यो कारमा उड्नका लागि दुईटा पखेटा जडान गरिएको छ, जसको तौल १३ सय पाउण्ड रहेको छ।

यसमा ल्याण्डिङ गियर फिक्ड गरिएको छ। यो अधिकतम १० हजार फिट उचाईमा उड्न सक्छ। ‘टिएफ–एक्स’ नाम दिइएको यो कारको विशेषता भनेको उडान भर्न र अवतरण गर्न कुनै विमानस्थलको आवश्यकता नपर्ने र सबै खालको सडक र राजमार्गमा गुड्न सक्ने रहेको कम्पनीले जनाएको छ । यो कारमा जडान गरिएको ब्याट्री यसको इन्जिनबाट रिचार्ज हुने या विद्युतिय कार चार्जिङ स्टेशनमा रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

बेलायती अनलाईन खबर ‘मिरर’ का अनुसार स्वचालित भएपनि खरिदकर्ताले सडक तथा हलुका विमान चालकको अनुमति पत्र चाहि लिनै पर्नेछ। कम्पनीले निकट भविष्यमा कार्गो र यात्रु सेवाका लागि टिएफ–२ ल्याउने तयारी पनि गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ६ : ०३ बजे

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर रोकियो

त्रिशूली– स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

मुना– गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा