आँखाको डार्क सर्कल हटाउने यस्ता छन् घरेलु उपाय « Khabarhub

आँखाको डार्क सर्कल हटाउने यस्ता छन् घरेलु उपाय


१२ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उमेर बढ्दै गएपछि प्रायः मानिसको आँखा वरिपरि डार्क सर्कल आउँछ । जसले सुन्दरतामा ह्रास ल्याउँछ । डार्क सर्कल बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्ने लगायतका कारणहरुले हुन्छ ।

डार्क सर्कल जो कोहिलाई पनि हुन सक्छ । यसलाई हटाउन भिटामिन ‘ए ‘युक्त खाना आवश्यक हुन्छ । जसले छालाको ‘रिपेयरिङ’ र ‘टाइटनिङ’मा टेवा पुग्छ । साथै, छालामा रक्तसञ्चार पनि तीव्र गराउँछ । गाजर, फर्सी, पाकेको मेवा, आँप, हरियो सागपात आदि बढी खाने गर्दा डार्क सर्कल कम हुने चिकित्सकहरु बताउँछन् ।

राम्रोसँग निदाउन भिटामिन सी भएका खानेकुरा खान आवश्यक हुन्छ । यस्तो खाँदा दिमागमा सेराटोनिन नामक रसायन उत्सर्जन गराउँछ, जसले गर्दा आनन्दले निदाउन सकिन्छ । निन्द्रा पुगेमा हाम्रो आँखामा त्यस्तो समस्या आउँदैन । भिटामिन सी सुन्तला, कागती, अमला, खर्बुजाजस्ता फलफूलमा पाइन्छ ।
त्यस्तै, अंगुर, ब्लुबेरी, बन्दाकोभी, ब्रोकाउली, केराउ आदिमा भिटामिन के प्रशस्त पाइन्छ । भिटामिन केले रगतलाई गाढा बनाउन मद्दत गर्छ र रक्तसञ्चारलाई पनि तीव्र बनाउँछ । डार्क सर्कल भएकाले भिटामिन के खाना बढी खाने गर्नुपर्छ ।

भिटामिन ईमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा हुन्छ । जसले छालामा जम्मा भएका विकारलाई शरीरबाहिर निकालेर यसलाई चम्किलो बनाउँछ । पालुंगो, बदाम, किवी, ओखर, एभोकाडो, जस्ता भिटामिन ईयुक्त खानेकुरा बढी खाँदा डार्क सर्कलको समस्याबाट मुक्त भइन्छ ।

डार्क सर्कल भगाउन गोलभेडामा कागती मिलाएर लगाएमा राहात मिल्छ । आलुलाई पनि डार्क सर्कल हटाउनको लागि प्रयोग गर्न सकिन्छ । आलुको र कागतीको रस बनाएर लगाएमा डार्क सर्कल कम हुन्छ । दैनिक २ पटक काँचो दुधलाई लगाएमा आँखाको डार्क सर्कल कम हुँदै जान्छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहिबार  ६ : ३५ बजे

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड