आँखाको डार्क सर्कल हटाउने यस्ता छन् घरेलु उपाय « Khabarhub

आँखाको डार्क सर्कल हटाउने यस्ता छन् घरेलु उपाय


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उमेर बढ्दै गएपछि प्रायः मानिसको आँखा वरिपरि डार्क सर्कल आउँछ । जसले सुन्दरतामा ह्रास ल्याउँछ । डार्क सर्कल बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्ने लगायतका कारणहरुले हुन्छ ।

डार्क सर्कल जो कोहिलाई पनि हुन सक्छ । यसलाई हटाउन भिटामिन ‘ए ‘युक्त खाना आवश्यक हुन्छ । जसले छालाको ‘रिपेयरिङ’ र ‘टाइटनिङ’मा टेवा पुग्छ । साथै, छालामा रक्तसञ्चार पनि तीव्र गराउँछ । गाजर, फर्सी, पाकेको मेवा, आँप, हरियो सागपात आदि बढी खाने गर्दा डार्क सर्कल कम हुने चिकित्सकहरु बताउँछन् ।

राम्रोसँग निदाउन भिटामिन सी भएका खानेकुरा खान आवश्यक हुन्छ । यस्तो खाँदा दिमागमा सेराटोनिन नामक रसायन उत्सर्जन गराउँछ, जसले गर्दा आनन्दले निदाउन सकिन्छ । निन्द्रा पुगेमा हाम्रो आँखामा त्यस्तो समस्या आउँदैन । भिटामिन सी सुन्तला, कागती, अमला, खर्बुजाजस्ता फलफूलमा पाइन्छ ।
त्यस्तै, अंगुर, ब्लुबेरी, बन्दाकोभी, ब्रोकाउली, केराउ आदिमा भिटामिन के प्रशस्त पाइन्छ । भिटामिन केले रगतलाई गाढा बनाउन मद्दत गर्छ र रक्तसञ्चारलाई पनि तीव्र बनाउँछ । डार्क सर्कल भएकाले भिटामिन के खाना बढी खाने गर्नुपर्छ ।

भिटामिन ईमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा हुन्छ । जसले छालामा जम्मा भएका विकारलाई शरीरबाहिर निकालेर यसलाई चम्किलो बनाउँछ । पालुंगो, बदाम, किवी, ओखर, एभोकाडो, जस्ता भिटामिन ईयुक्त खानेकुरा बढी खाँदा डार्क सर्कलको समस्याबाट मुक्त भइन्छ ।

डार्क सर्कल भगाउन गोलभेडामा कागती मिलाएर लगाएमा राहात मिल्छ । आलुलाई पनि डार्क सर्कल हटाउनको लागि प्रयोग गर्न सकिन्छ । आलुको र कागतीको रस बनाएर लगाएमा डार्क सर्कल कम हुन्छ । दैनिक २ पटक काँचो दुधलाई लगाएमा आँखाको डार्क सर्कल कम हुँदै जान्छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ६ : ३५ बजे

डा. लाल प्याथल्याब्सद्वारा विराटनगर प्रयोगशालाको औपचारिक शुभारम्भ

विराटनगर- डा. लाल प्याथल्याब्स नेपालले विराटनगरमा आफ्नो प्रयोगशालाको औपचारिक शुभारम्भ

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले