खाली पेटमा पानी पिउनुका फाइदैफाइदा « Khabarhub

खाली पेटमा पानी पिउनुका फाइदैफाइदा


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

शरीरमा भएका विकार पदार्थलाई बाहिर निकाल्न पानीको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले चिकित्सकहरुले पनि स्वच्छ बन्न धेरै पानी पिउन सल्लाह दिने गरेका छन् । त्यसमा पनि बिहान खाली पेटमा पानी पिउने गरेमा त्यसले मानिसलाई फाइदैफाइदा गर्ने चिकित्सकहरुले बताएका छन् ।

अधिकांश रोग पेटमा नै उत्पन्न हुने भएकाले त्यसको निधानका लागि धेरै पानी पिउन डाक्टरले सल्लाह दिन्छन् । पेट सफा भए धेरै रोग नलाग्ने र पेट सफा गर्न धेरै पानी पिउनुपर्ने पेट रोग विशेषज्ञहरु बताउँछन् ।

खाली पेट पानी खाँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ । यसमा पनि मनतातो पानी सबैभन्दा उपर्युक्त हुन्छ । तर पानी पिउने भन्दैमा धेरै चिसो पानी पिएमा स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने भएकाले सचेत हुन आवश्यक छ ।

थाहा पाउनुहोस बिहानै पानी पिउनुका फाइदा

आन्द्राको सफाइ : खाली पेट प्रशस्त पानी पिउँदा पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ । जसले पाचन प्रणालीलाई पनि सहयोग गर्छ । तपाईंलाई बिहानै दिसा पिसाव लाग्दैन भने बिहानै दुई गिलास मन तातो पानी पिएमा शौच आउछ ।

विकार फालिदिन्छ : तपाई बाथरुम जाँदा शरीरका उत्तेजित र विकारलाई बाहिर फालिदिनुहुन्छ । जतिधेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरीरबाट फाल्न सहयोग पुग्छ ।

भोक तथा निन्द्रा जगाउँछ : भोक नलाग्ने समस्या भएकाका लागि पनि नियमित पानी पिउनु लाभदायी हुन्छ । बिहान उठ्ने वित्तिकै खाली पेटमा दुई गिलास पानी पिउनुहोस तपाईलाई भोक लागिरहन्छ । त्यस्तै यसले निन्द्रा पिन लगाउँछ ।

टाउको दुख्ने समस्या हट्छ : बारम्बार टाउको दुख्नुको मुख्य कारण प्रर्याप्त पानी नपिउनु हो । डिहाइड्रेसनको मुख्य लक्षण नै टाउको दुख्नु हो । तसर्थ बिहान उठ्नेवित्तिकै पानी पिएमा यो समस्या समाधान हुनेछ ।

उर्जा बढाउछ : यदि तपाईलाई अल्छि लागेको छ भने एक गिलास पिउनुहोस । खाली पेट पानी खाँदा रगतका रक्त कोषिकालाई चाँडो बढ्न सहयोग पुयाउछ । जति धेरै कोषिकाको बृद्धि हुन्छ त्यति नै धेरै शरीरमा अक्सिजन प्रबाह हुन्छ । यसको अर्थ तपाईमा एक प्रकारको उर्जा मिल्छ ।

छालामा चमक ल्याउछः खाली पेट प्रशस्त पानी खादा अनुहारको चमक बढाउछ । शरीरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यति नै तपाईको अनुहारको छाला नराम्रो बनाउछ। तर प्रशस्त पानी खाँदा विकार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउछ ।

रोग प्रतिरोधात्मक क्षमता बृद्धि : समग्र स्वास्थ्यको लागि पानी नभई नहुने तत्व हो । शरीरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुदैन । दिनहुँ खाली पेटमा पानी खाँदा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । त

कोलोनको सफाइ : पानी पिउदा कोलोन सफा गरिदिन्छ । एक गिलास पानी खाली पेट खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ । कोलोन सफा भएमा शरीरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुर्‍याउँछ ।

मेटाबोलिजमलाई तीब्र पार्छः डाइटिङ गर्दा पनि खाली पेटमा पानी पिउनु उपयुक्त हो । पानी पिउदा कम्तिमा पनि २४ प्रतिशतले मेटाबोलिजमलाई बृद्धि गर्छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ८ : ३९ बजे

डा. लाल प्याथल्याब्सद्वारा विराटनगर प्रयोगशालाको औपचारिक शुभारम्भ

विराटनगर- डा. लाल प्याथल्याब्स नेपालले विराटनगरमा आफ्नो प्रयोगशालाको औपचारिक शुभारम्भ

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले