उडिरहेको लडाकू विमानबाट इन्धन ट्याङ्की खसेपछि… « Khabarhub

उडिरहेको लडाकू विमानबाट इन्धन ट्याङ्की खसेपछि…


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय राज्य हरियाणाको अंबालास्थित एयरफोर्स स्टेशनमा बिहीबार विहान भारतीय वायु सेनाको लडाकू विमान ठूलो दुर्घटनाबाट जोगिएको छ ।

उडान भरेको केही समयमै लडाकू विमानबाट इन्धन भरिएको ट्याङ्की २ ओटा खसेपछि चालकले आपतकालीन अवतरण गराएका छन् ।

विमानबाट खसेको इन्धन ट्यांकीका कारण अंबाला शहरको बलदेव नगरका स्थानीय आतंकित भएका थिए ।

आकाशमा उडिरहेको विमानबाट खसेको इन्धन ट्याङ्कीका कारण केही ठाउँमा आगलागी भएको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि वायु सेना र प्रहरीले मिलेर स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।

घटनाबाट कुनै क्षति भने नभएको जनाइएको छ । स्थानीय प्रहरीले घटना भएको केही समयमै स्थिति नियन्त्रणमा आइसकेको जनाएको छ ।

स्थानीयहरुले आकाशबाट धुँवाको मुस्लो र आगोसहित खसेका इन्धन ट्याङ्की जमिनमा बजारिँदा भूकम्पको जस्तै धक्का महसूस भएको बताएका छन् ।

केही स्थानीय भने भूकम्प आएको भन्दै घरबाट निस्किएर खुला चौरतर्फ पनि भागेका थिए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १२ : ३७ बजे

सुनको मूल्य तोलामा ८ सयले बढ्यो, चाँदीको स्थिर

काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुनको मूल्य ८०० रुपैयाँले बढेको

भारतबाट भित्रिने कुखुराले स्थानीय किसान मर्कामा

झापा – अवैधरुपमा भारतबाट भित्रिने कुखुराले स्थानीय किसान मर्कामा परेका

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक

काठमाडौँ-राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएको छ । राष्ट्रिय

तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी

झापा – तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी

विराट गोल्डकप : विराटनगर सिटी सेमिफाइनलमा

सुन्दरहरैचा-सातौँ संस्करणको विराट गोल्डकपमा आयोजक विराटनगर सिटी सेमिफाइनलमा प्रवेश गरेको