वर्षामा सर्पदंशको विगविगी, सर्पले डसे के गर्ने के नगर्ने ? | Khabarhub Khabarhub

वर्षामा सर्पदंशको विगविगी, सर्पले डसे के गर्ने के नगर्ने ?


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  गर्मी लागेसँगै सर्पको डसाइबाट पीडित बन्ने संख्या बढेको छ ।  तराईमा कोब्रा र करेट अत्याधिक विषालु मानिन्छ । तराइ क्षेत्रमा यी जातका सर्प व्यापक मात्रामा छन् ।

जलवायु परिवर्तनको कारण तराइ क्षेत्रमा हुने विषालु सर्प पहाडी क्षेत्रमा समेत देखिने गरेकाे छ । केही समय अघि दोलखामा पनि कोब्रा सर्प देखिएको थियो ।

हिमाली क्षेत्रमा पनि कोब्रा देखिनु भनेको तराइक्षेत्रबाट आउने काठ तथा अन्य वस्तुमा यी जातका सर्पहरु पहाडी क्षेत्रमा समेत आएको हुनसक्छ, वा ती विषालु सर्पहरुले  जलवायु परिवर्तनको कारण  ती सर्पका लागि पहाडी र हिमाली क्षेत्रमा उपयुक्त वातावरण सिजर्ना भएको हुनसक्छ ।

व्यापारीक केन्द्रभएकाले काठमाडौंमा पनि तराईबाट ती विषालु सर्प आउन सक्छ । त्यसैले वर्षाको समयमा सर्पदंशबाट बच्न समयमै सचेत हुनुपर्छ ।

तराई क्षेत्रमा पहाडी क्षेत्रमा भन्दा बढी बिषालु सर्प हुन्छ । तर तराइ क्षेत्र सम्म भएकाले त्यहा सर्पले टोकीहालेमा स्वास्थ्यसंस्थामा छिट्टै लैजान्छन् तर पहाडी क्षेत्रमा समयमा स्वास्थ्यसंस्था पुग्न अझै कठिन छ । त्यसकारण जोमिख तराईमा मात्रै होइन पहाडी क्षेत्रमा पनि उत्तिकै छ । पहाडी तथा हिमाली क्षेत्रमा हरेउ अत्याधिक हुन्छ ।

असार देखि असोज सम्ममा  शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा मात्रै ८५ जनासम्म बिरामी भर्ना भएका छन् । सर्पले टोकेर आकस्मिक उपचारका लागि आजभोली पनि दैनिक १२/१५ जना व्यक्तिहरु आइरहेका छन् ।

त्यसैले वर्षादको समयमा सर्पदंशबाट बच्नुपर्छ । सबै सर्पले टोक्दैमा विषालु हुन्छ भन्ने पनि हुँदैन र सर्पले टोक्दैमा विष छाड्छ भन्ने पनि हुँदैन । त्यसैले सर्पले टोकीहालेमा आत्तिनु हुँदैन ।

यदी कसैलाई सर्पले टोकेको छ भने सान्तोना दिएर, चल्ल दिनु हुँदैन । सर्पले टोकेको ठाउँ भन्दा माथि खुकुलो गरी कपडाले बाँध्नुपर्छ । त्यसरी बाँधिएको कपडामा एउटा औला छिर्ने जति खुकुलो हुनुपर्छ ।

किनकी सर्पले टोकेको ठाउँमा कस्सिनेगरी बाँध्दा पछि त्यो बाँधिएको भाग भन्दा तल रक्तसञ्चार नभएर त्यो भाग नै नचल्ने समेत हुनसक्छ । सर्पले टोकेको व्यक्तिको शरीरमा कस्सिने खालको कपडा छ भने खुकुलु हुने कपडा लगाइदिनुपर्छ । सर्पले टोकेको व्यक्तिलाई सकेसम्म हिड्न दिनु हुँदैन, सुताएर छिटोभन्दा छिटो प्राथमिक उपचार केन्द्रमा लानुपर्छ ।

तराईको क्षेत्रमा स्वास्थ्यसंस्थामा लान समय लाग्दैन तर पहाडी क्षेत्रमा स्वास्थ्यसंस्था टाढा हुने भएकाले पनि सर्पले टोकेपछि झाँक्रीले फुकेर विष झर्छन् भन्ने अन्दविश्वास रहेको छ । कुखुरा परेवाको दिशा टोकेको ठाउँमा लगाउने, झाँरफुक गर्ने गरिएको पाइएको छ । त्यो गतल हो । सर्पले टोकेको विष झाँक्रीले फुकेर झर्दैन ।

सर्पले टोकिहाले के गर्ने के नगर्ने ?

–सर्पले टोकेको व्यक्तिलाई सिधा सुताउनुपर्छ,

– सर्पले टोकेको भागलाई मुटुभन्दा तल राख्नुपर्छ,

–एउटा औंला छिर्ने गरि टोकेको ठाउँभन्दा माथि कपडा वा ब्यान्डेजले बाँध्ने,

–सर्पले टोकेको व्यक्तिलाई चल्न, हिड्न दिनु हुँदैन,

–शरीरमा भएको कसिलो कपडा खोलिदिएर खुकुलो कपडा लगाइदिने,

– सम्भव भएसम्म छिटो अस्पताल लानुपर्छ,

– सर्पले टोकेको व्यक्तिलाई आत्तिन दिनु हुँदैन,

– डर शान्त पार्न सान्तोना दिनुपर्छ,

–सर्पले टोकेको ठाउँको रगत चुसेर फ्याक्नु हुँदैन,

–जथाभावी रुपमा कुखुरा परेवाको दिशा लगाउनु हुदैन,

–धामीझाँक्रीकोमा नगइ अस्पताल जानुपर्छ,
(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनसँगको कुराकानीमा आधारीत)

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  २ : ४० बजे

गौतम, पराजुली, ढकाल र खनाल रास्वपा सचिवालयमा मनोनित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले चारजना नेताहरूलाई सचिवालयमा मनोनित गरेको छ।

किसानलाई सयपत्री टिप्न भ्याइनभ्याइ (तस्बिरहरू)

काठमाडौं– तिहार सुरू भएसँगै काठमाडौंको सेतो गुम्बा क्षेत्रका किसानहरू फूल

रोकिएन रास्वपाको किचलो, सचिवालय विस्तारप्रति तोसिमाको गम्भीर आपत्ति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पछिल्लो समय देखिएको किचलो

आन्दोलनरत नर्सका माग सम्बोधन गर्न समिति गठन 

काठमाडौं– सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन

वीरगञ्जमा झिलीमिली बत्ती लगाउँदा करेन्ट लागेर एकको मृत्यु

वीरगञ्ज– वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवाको घरमा झिलीमिली बत्ती लगाउने