पूर्वमुख्यसचिव मल्लको निधन | Khabarhub Khabarhub

पूर्वमुख्यसचिव मल्लको निधन


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– पूर्वमुख्यसचिव बलरामसिंह मल्लको आज निधन भएको छ ।

मिर्गौलाको क्यान्सरबाट पीडित मल्लको ७८ वर्षको उमेरमा विहीवार बिहान ३: १५ बजे मेडिसिटी अस्पताल ललितपुरमा निधन भएको मल्लका भाइ राजुमानसिंह मल्लले जानकारी दिए ।

ललितपुरको भ्याली होम्स कोलनीमा बस्दै आएका उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । वीरगञ्जमा जन्मिएका मल्लको क्यान्सर रोगका कारण पाँच वर्षअघि मिर्गौला फालिएको थियो । स्वर्गिय मल्लकी श्रीमती जमुना मल्ल, एक छोरा र तीन छोरी छन् । विसं २०४८ मा नेपाल सरकारको सचिवमा नियुक्त मल्ल २०५३ देखि २०५६ सालसम्म मुख्यसचिव थिए ।

त्यसअघि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पर्यटन मन्त्रालय र कानून मन्त्रालयको सचिव भएर काम गरेका थिए ।उनी जर्मनीका लागि नेपाली राजदूतसमेत थिए । मल्लको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई छोरा ब्रजेश मल्लले दागबत्ती दिएका थिए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १२ : ४९ बजे

जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिको सजाय नेपालले भोग्नुपर्‍यो : परराष्ट्रमन्त्री

काभ्रेपलाञ्चोक– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण नेपालमा

गैँडाको खागसहित झापाबाट एक जना पक्राउ

 झापा– लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट

तिब्बतमा भूकम्पपछि एक हजार २११ परकम्पन

ल्हासा– दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

 काठमाडौं– पोल्याण्ड पठाइ दिन्छु भन्दै प्रलोभनमा पार्ने एक जना पक्राउ

अख्तियारका कर्मचारीलाई घुस दिन खोज्ने अधिकृतविरूद्ध मुद्दा दायर

काठमाडौं– अख्तियारका कर्मचारीलाई नै घुस दिन लागको आरोपमा हाल नुवाकोट,