नेकपा कार्यकर्ताको आक्रमणबाट घाइते भएका कांग्रेस कार्यकर्तालाई भेट्न अस्पताल पुगे पौडेल « Khabarhub

नेकपा कार्यकर्ताको आक्रमणबाट घाइते भएका कांग्रेस कार्यकर्तालाई भेट्न अस्पताल पुगे पौडेल


१२ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री बिना मगरलाई कालो झन्डा देखाउने क्रममा भएको झडपमा घाइते भएकालाई भेट्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्पताल पुगेका छन् ।

गृहजिल्ला तथा आफ्नो चुनावी क्षेत्र कञ्चनपुरको पुनर्वास पुगेकी मगरलाई कालो झण्डा देखाउने क्रममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।

कालो झण्डा देखाउन गएका कांग्रेस कार्यकर्ता नेकपा कार्यकर्ताको आक्रमण पछि घाइते भएका थिए ।

घाइतेमध्ये उपचारका लागि काठमाडौं ल्याइएको गोपीप्रसाद उपाध्याय र विक्रम चन्दलाई भेट्न कांग्रेस वरिष्ठ नेता पौडेल बिहीबार बाँसबारीस्थित न्युरो अस्पताल पुगेका हुन् ।

घाइते कार्यकर्ता भेट्न अस्पताल पुगेका नेता पौडेलले प्रहरी प्रशासनको आडमा सत्तामा रहेको दलले गुण्डागर्दीको शैली अपनाएको बताए । लोकतन्त्रमा विरोध प्रदर्शन गर्न पाउने जनताको हकको पनि ख्याल नगरी सत्ताको उन्मादमा रहेकाहरुले कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेको पौडेलको भनाइ थियो ।

प्रकाशित मिति : १२ असार २०७६, बिहिबार  १२ : ४७ बजे

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना